राष्ट्रिय

राष्ट्रिय माविको प्रधानाध्यापकमा तिवारी

पोखरा, ६ माघ पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविको प्रधानाध्यापकमा सूर्य तिवारीले जिम्मेवारी पाएका छन् । उनले यसअघि सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानाध्यापक वस्तीले तिवारीलाई पद हस्तान्तरण गरे । प्रधानाध्यापक तिवारीले राष्ट्रिय माविमै २३ वर्ष सेवा गरिसकेका छन् । उक्त अवसरमा पूर्व प्रधानाध्यापक वस्तीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । साथै उनले नयाँ प्रधानाध्यापक तिवारीलाई उच्च सफलताको शुभकामना प्रकट गरे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here