राष्ट्रिय

राहत बितरण अभियान निरन्तरता दिदै नेविसंघ पोखरा २३

१३ वैशाख ०७७ , पोखरा।

नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले कोरोना भाईरस लकडाउनबाट प्रभावित पिडितहरु र स्थानीय राहात बितरणमा नपरेका पिडितहरुलाई समेटेर राहात बितरण गरेको छ।

नेविसंघ केन्द्रिय कार्यसमितिले आफ्नो ५१ औं स्थापनाको दिवसको अवसरमा सर्वजनिक गरेको परिपत्र अनुसार नेविसंघ कास्कीको अभियान अन्तरगत निरन्तरता दिदै नेविसंघ पोखरा माहानगरपालिका वडा नं २३ ले राहात बितरण गरेको छ।

भोको पेट र नाङ्गो आङ्ग रोगको लकडाउनले नछेक्ने भन्दै नेविसंघ नेता पशुपति भट्टराईले कुनै पुर्वाग्रह र प्रतिशोध नराखी राजनीति प्रतिको निकृष्ठ भावना भन्दा सहयोग र सेवाको उदारतामा समर्पित राजनीतिको नयाँ दृष्टिकोण परिभाषित गर्नुपर्नेमा जिकिर गरे।

नेविसंघ पोखरा २३ का पुर्व सभापति जीवन भण्डारीले यो असहजता र प्रतिकुलताको अवस्था सुरक्षात्मक सतर्कता र मानविय सहयोगको भावना आप्नाउदै सामना गर्नुपर्ने बताए।

नेता पशुपति भट्टराईको अभिभावकत्वमा र नेविसंघ पोखरा २३को नेतृत्वमा पोखरा माहानगरपालिका वडा नं २३ मा वितरण गरिएको सहयोगमा पोखरा २३ स्थित नयाँ वस्ती लुकुवामा बेजिल्लाबाट आएका कामदार समेत गरेर ३४ परिवार, खोरपाखा अशक्त अपाङ्ग १ जना र रैकर गाउँ चापाकोट ३ जना परिवारलाई (१५ केजि चामल,१ पोका तेल, १ पोका नुन) प्रती परिवारको दरले खाध्यन्न बितरण गरिएको जानकारी गर्दै नेविसंघ पोखरा २३ सभापति सुजन पराजुलीले यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने र यस्तै परिस्थितिमा गुज्रीई छाक टार्न पनि मुस्किल परेकोलाई भविस्यमा सक्दो सहयोग गर्न बताए। साथै राहत वितरण कार्यक्रममा सक्रीय सहभागी प्रती आभार प्रकट गर्दै आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई धन्यवाद दिए।

नेविसंघ कास्की क्षेत्र नं ३ का निवर्तमान सभापति सुमित पराजुलीले संगठनिक विधि र प्रक्रिया एकठाउमा छ त्यो भन्दा माथी अहिलेको समयमा संगठनिक सेवाको भावनाको अपरिहार्यता औल्याउँदै राहात बितरण गरेको जानकारी दिदै यो बिपत्तिको घडीमा सुरक्षात्मक सतर्कता अप्नाउदै संगठन सेवामा समर्पित रहने बताए।

स्थानीय वडा कार्यलयको संमन्वयनमा बितरण गर्न लागेको राहत नेकपा अध्यक्ष अर्जुन क्षेत्रीले अवरोध सृजना गरेपछि राहात लिन बसेका स्थानियहरुको प्रतिवाद पश्चात् राहत बितरण अभियान सञ्चालन गरिएको थियो।

राहात बितरणमा धन बहादुर गुरुङ (ने.का पो २३ उपसभापति), पशुपति भट्टराई (नेविसंघ नेता), सुमित पराजुली (नेविसंघ कास्की क्षेत्र नं ३ पुर्व सभापति), जीवन भण्डारी (नेविसंघ ला ग्राण्डी सभापति), बिबेक पराजुली (नेविसंघ पोखरा २३ पुर्व सचिव), अर्जुन पराजुली (नेविसंघ पोखरा २३ पुर्व उपसभापति , नेविसंघ फोर्ट्स केन्द्रिय उपसभापति), सुजन पराजुली (नेविसंघ पोखरा २३ सभापति), मनिस पौडेल (नेविसंघ पोखरा २३ उपसभापति एवंम नेविसंघ पृ.ना.क्याम्पस मानविकी संकाय उपसभापति), चन्दन पराजुली (नेविसंघ पोखरा २३ उपसभापति), दिपिका घताने (नेविसंघ पोखरा २३ सचीव), शिव पराजुली (नेविसंघ पोखरा २३ सदस्य) सहभागी थिए।

नेविसंघ पोखरा २३ का पुर्व सचिब बिबेक पराजुलीले नेकपा सरकार अध्यादेश मार्फत राजनीति प्रतिको उदासिनको रंग आम नागरिकको पिडामा छर्दै गएको बेलामा सेवामा समर्पित नेविसंघ पोखरा २३ को उदारताले सरकारको ध्यान पिडित पक्षमा समर्पित रहन दरिलो पाठ छोडेको बताउदै दलिय आन्तरिक पार्टी स्वार्थ संघर्ष छाडेर यो माहामारिमा समर्पित हुन सच्चिन आग्रह समेत गरे।

नेविसंघ पोखरा २३ ले गत चैत्र १ गते कोरोना भाईरस संक्रमणबाट बच्ने उपाय र अप्नाउनपर्न सावधानिको पर्चा जनचेतना फैलाउदै बितरण गरेको थियो भने वैशाख १० गते चापाकोट असल्चौर खोरपाखामा राहत बितरणमा नपरेका अशक्त, अपाङ्ग र बिपन्न ८ घरधुरिलाई राहत बितरण गरेको थियो। आफ्नो सहयोगरत अभियान निरन्तरता दिदै आएको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here