पोखरा, ५ भदौ
पोखरा–१५, नयाँगाउँमा रहेको श्रीष साउण्ड एण्ड भिडियोको व्यानरमा निर्माण भइरहेको हास्य टेलिचलचित्र लखर पाडे गाईजले हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम गरेको छ । सो अवसरमा लोक तथा दोहोरी गायक अनिता पन्त र नविना गुरुङले समसामयिक विषयका तिजका गीत प्रस्तुत गरेका थिए ।
लखरपाडे गाइज १ जना वेरोजगार युवाको कथामा आधारित हास्य सिरियल भएको र वेरोजगार भई केही काम नभएको व्यक्तिलाई समाजले कसरी हाँसोको पात्र बनाउँछ भन्ने सन्देश दिन खोजिएको लखरपाडे गाइजका निर्देशक प्रेम थापाले बताए ।
साथै लखरपाडे गाइजको अधिकांश छायाँङकन पनि पोखरा–१५ का, भगवतीटार, मजुवा, द्वारेखरवारीमा भइ रहेको र त्यसमा भगवतीटार आमा समुहको सहयोग रहेकोले समुहका दिदिबहिनीलाई तिज विशेष कार्यक्रम गरिएको सहनिर्देशक सुरज लामाले बताए ।
सो अवसरमा नमस्ते गण्डकी अनलाईन टिभिद्वारा निर्माण गरिएको रमिता सिरियलका कथा लेखन तथा निर्देशक ऋषिराम दाहाल, दरबारथोक एडभरटाईजिङ एजेन्सीका कृष्ण रानाभाट, भगवतीटार आमा समूहकी अध्यक्ष शशी गुरुङ, कृष्ण क्षेत्री, अशिल शाही, लोक तथा दोहोरी गायक अनिता पन्त, अनिता गुरुङलगायतले बोलेका थिए ।
लखरपाडे गाईजको तिज विशेष कार्यक्रम

Leave a Reply