राष्ट्रिय

लोकसेवा आयोगको कदम विरुद्ध प्रदर्शन

पोखरा, १ भदौ
लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध आदिवासी जनजाति लगायत, दलित शिल्पी, मधेशी, मुस्लिम आन्दोलित भईरहेको बेला पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ कास्कीको आयोजनामा पोखरा–११, रानीपौवा दुरसञ्चारचोकबाट शुरु भएको विरोध ¥याली महेन्द्रपुल, चिप्लेढुंगा विपी चोक हुँदै मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
लोक सेवा आयोगको असंवैधानिक विज्ञापन खारेज गर लगायतका नारा लगाउदै प्रदर्शनकारी मानवअधिकार पुगेको थियो । उक्त अवसरमा आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेश थकालीले जस्तोसुकै मूल्य चुकाएर भए पनि समावेशीताको अधिकार खोस्न नदिने चेतावनी दिए ।
तमुवान संघर्ष समिति तथा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमुले प्राप्त अधिकार लुट्न खोज्ने लुटेराहरुलाई कारवाही गर्न उत्पीडित जनता सशक्त आन्दोलनमा उत्रनुपर्ने बताए ।
तमुवान भोलिन्टिर्सका कृष्णकुमार तमुले समावेशी अधिकार खोसिए विगतमा जस्तै भयंकरको आन्दोलन हुने चेतावनी दिए ।
शिल्पी दलित महासंघ केन्द्रीय सदस्य किसान विश्वकर्माले अधिकार लुट्ने पहिचान विरोधीलाई सत्तामा पु¥याएकाले विगतदेखि विभेदमा पारिएका जनताले पाएका अधिकार पनि खोसिदै लगिएको बताए ।
आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन तामाङले असंवैधानिक विज्ञापन खारेजीसँग आरक्षण अधिकार सुनिश्चित हुनुपर्ने भन्दै गण्डकी प्रदेशका कुनै पनि हालतमा समावेशी माथि प्रहार गर्न नदिने चेतावनी दिए । कार्यक्रमको संचालन तमु ह्युल छोंज धिं केन्द्रीय सदस्य तथा तमु प्ये ल्हु संघ कास्की सचिवले संचालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here