राष्ट्रिय

लोमान्थाङका वडाअध्यक्षकै भवनलाई बनाईयो क्वारेन्टाईन

सुन्दरकुमार थकाली जोमसोम
– उपल्लो मुस्ताङको लोमान्थाङमा कोरोना हेल्थ डेस्क र क्वारेन्टाईन स्थापना भएको छ । लोमान्थाङ गाउपालिका–५ का वडाअध्यक्ष नवाङ कुङ्गा लामाको पहलमा बुधबार हेल्थ डेस्क र क्वारेन्टाईन संञ्चालनमा ल्याईएको हो । लोमान्थाङमा क्वारेन्टाईन राख्न वडाअध्यक्ष लामाले आफ्नै निजी सुविधा संम्पन्न भवन निःशुल्क उपलब्ध गराएको जानकारी दिए ।
उनका अनुसार वडाअध्यक्ष लामाले उपलब्ध गराएको क्वारेन्टाईन भवनमा १० कोठा छन् भने भवनमा महिला र पुरुष दुबैका लागि उपयुक्त शौचालय छ ।क्वारेन्टाईन भवनलाई चाहिने आवश्यक पूर्वाधारका साथै बेड बिस्तार समेतको व्यवस्था मिलाईएको उनले बताए । क्वारेन्टाईन बनाईएको भवन यसअघि लामाले आमजी राखेर अस्पताल बनाउने योजना बनाएका थिए ।
उक्त भवन भने प्रयोग नआई खालीनै थियो । उनले कोरोनो भाईरसको बिषम परिस्थितीमा सहयोग र सहकार्य महत्वपूर्ण भएकाले क्वारेन्टाईन राख्न दिएको उल्लेख गरे । कोरोना आशंका गरिएका व्यक्ति र जिल्ला बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाईनमा राखेर कोरोना स्वास्थ्य निगरानी गरिने जनाए । वडाअध्यक्ष लामाले क्वारेन्टाईनमा राखिने व्यक्तिलाई खाना÷बस्न व्यवस्था गाउपालिकाले मिलाउने जानकारी दिए ।
बर्सेनि हिउदयामको जाडो छल्न बेशी झरेका र सहर बजारबाट कोरोना त्रासले गाउ फर्किएकाको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाईन अनिवार्य भएको उनले बताए । कोरोना संक्रमण विश्वभर उत्कर्षमा पुगेकाले उच्च सर्तकता अपनाउन दुबै सेवा सुरुआत गरेको लामाको भनाई छ । यस्तै ,कोरोना –कोभिड–१९ संक्रमण तथा रोकथामलाई मध्यनजर गर्दै लोमान्थाङमा हेल्थ डेस्क स्थापना गरिएको हो । छिमेकी देश चिन संग सिमाना जोडिएकाले पनि लोमान्थाङमा कोरोना रोकथाम तथा न्युनिकरण गर्न आवश्यक देखिन्छ । वडाअध्यक्ष लामाकै सक्रियतामा लोमान्थाङका स्वास्थ्य चौकीका ईञ्चार्ज तेन्जिङ नर्वु गुरुङको संयोजकत्वमा एक हेल्थ डेस्क टिम गठन भएको हो ।
हेल्थ डेस्कमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप लोमाथाङ ,नेपाली सेना र सीमा प्रहरी चौकीका कर्मचारीले समन्वय गरेको ईञ्चार्ज तेन्जिङ नर्वु गुरुङले जानकारी दिए । हेल्थ डेस्कका लागि थर्मल गन वडाअध्यक्ष लामाले उपलब्ध गराएको उनले बताए ।हेल्थ डेस्कका लागि चाहिने औषधि पालिकाले उपलब्ध गराएको छ । कोरोना भाईरसकै कारण सरकारले उपल्लो मुस्ताङमा विदेशी पर्यटकलाई रोक लगाईसकेको थियो । उपल्लो मुस्ताङकै स्थानीय गाउ फर्किने क्रम बढेकाले पालिकाले कोरोनाको सर्तकता अपनाएको हो । उपल्लो मुस्ताङको प्रमुख पर्यटकीय सहर लोमान्थाङ भएको र मुलुक पुरै लक डाउन भईसकेकाले त्यहाका मुखियाले कटुवालाई घोक हाल्न लगाएर सर्वसाधरणलाई घरभित्र बस्न उर्दि जारी गरिएको जनाईएको छ । यता पालिकाले सर्वसाधरणलाई अनिवार्य मास्क प्रयोग सुझाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here