राष्ट्रिय

विष्फोटमा नागरिकको मृत्यु भएको छैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भएका छुट्टाछुट्टै विष्फोटमा परी मृत्यु भएकाहरु चारैजना प्रतिवन्धित समूह नेकपाका कार्यकर्ता भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिवन्धित नेकपाका कार्यकर्ताहरु भएको दाबी गरे ।

“नेकपा विप्लव भनिने समूहको मूल निशाना उपत्यका बनेको छ । हिजो (आइतबार) भएका विष्फोटका घटनामा चारजनाको मृत्यु भएको छ । केही घाइते भएका छन्,’’ उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश समूहसँग आवद्ध छन् ।’’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको पनि बताए । गृहमन्त्री थापाले उक्त समूहलाई नियन्त्रण गरेर वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए ।

‘‘नेकपा विप्लव भनिने समूहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौं । उनीहरुलाई मुलधारमा ल्याउन, उनीहरुका गतिविधिहरु नियन्त्रण गर्न राज्य प्रयासरत छ,’’ उनले भने ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here