पोखरा, ४ भदौ
यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दू महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मूल समारोह समितिका अनुसार यहि भाद्र ६ गते वैदामस्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।
प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एवं श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा. जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिनेछ ।
उत्सवमा भगवान श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँकी प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रम गरिने विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले जानकारी दिए । उत्सवको पूर्वसन्ध्यामा श्रीकृष्ण जन्माष्टमी शोभायात्रा यसवर्ष पनि पोखराको सभागृहचोक देखि कोमागाने पार्कसम्म गरिनेछ ।
पछिल्लो समय विभिन्न क्षेत्रबाट नेपाली संस्कार संस्कृति तथा मौलिक पर्वहरु माथि प्रहार गरि सामुदायिक विभाजनको प्रयास भैरहेकाप्रति विश्व हिन्दू महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलले चिन्ता व्यक्त गरिन्।
संस्कार र संस्कृति नरहे मानव समुदायको अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै उनले यसको संरक्षण, विकास र प्रवद्र्धन आमसमुदायको दायित्व हुने बताइन् । सनातन धर्मको रक्षाका खातिर पनि श्रीकृष्णाष्टमी जस्ता मौलिक पर्वहरुको जर्गेना जरुरी रहेकामा उनले जोड थियो ।
विश्व हिन्दू महासंघ पोखरा नगर कमिटिकी अध्यक्ष सविना क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कमल पौडेलले गरेकी थिइने ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Leave a Reply