राष्ट्रिय

सामाजिक सुरक्षा कार्यक्रम मुलुककै हो ः सांसद गुरुङ

पोखरा, ४ भदौ
गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले सरकारले ल्याएको पेन्सनमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विशेष प्रचार गर्नुपर्नेमा जोड दिएकी छन् ।
उनले यो कार्यक्रम केवल सरकारको मात्रै नभएर मुलुक कै कार्यक्रम भएकोले यसको कार्यान्वयन गर्न सबैले प्रचार र सहयोग गर्नुपर्ने खाँचो औंल्याइन् ।
उनले भनिन्, ‘पूर्वी युरोप अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकको सरकार सामाजिक सुरक्षा कार्यक्रम ल्याएर नै लोकप्रिय भएका हुन् । नागरिकले खुशीखुशी राज्यलाई कर पनि र्तिछन् ।’
बुधबार गण्डकी प्रदेशको विशेष समयमा बोल्दै सांसद गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन तीनै तहको सरकार र नेकपाले गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘यो कार्यक्रम यस्तो लोकप्रिय छ । जसले मजदुरको मात्रै हित गर्दैन, ब्यावसायीको पनि हित हुन्छ । त्यसकारण प्रतिपक्षी पार्टीले समेत प्रशंसा गर्न हिचकिचाउनु हुँदैन । हामीले गरिब श्रमिकको हितमा काम गरिरहेका छौं भन्ने कुरा यस कार्यक्रमले प्रत्याभूत गरेको छ ।’
श्रमिकहरुमा सामाजिक सुरक्षाको प्रत्याभूतिले दीर्घकालिन रुपमा समस्या समाधान हुने उनल् दावी गरिन् । ‘अहिले ब्यवसायी दक्ष जनशक्तिको अभावले छटपटाई रहेका छन् भने युवाहरु विदेश पलायन भएको अवस्था छ’, उनले भनिन् ‘हाम्रोमा एउटा उखान छ जुठो खानु मिठोको लोभले भने झै श्रमिकलाई अफ्ठ्यारो पर्दा सामाजिक सुरक्षा हुन्छ सामाजिक न्याय पाईन्छ भन्ने भयो भनेन नेपाल मै बसेर काम गर्ने वातावरण बन्छ ।’
‘अहिले नेपालमा ९ लाख भन्दा बढी औद्योगिक प्रतिष्ठान छन् । त्यहाँ कार्यरत श्रमिकको संख्या ३४ लाख छ । यस्तै असंगठित क्षेत्रमा काम गर्ने मजदुरको संख्या पनि ठूलो छ । संगठित मात्रै नभएर असंगठित श्रमिको सामाजिक सुरक्षा बारे पनि सोच्नुपर्ने हुन्छ’, उनले भनिन् ।
‘समाजिक सुरक्षा कोषमा दर्ता भएका प्रतिष्ठान जम्मा ४५ वटा छन् । वास्तवमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा प्रचारप्रसारमा कमि भएर नै हो’, गुरुङले भनिन्, ‘यो कार्यक्रमले श्रमिकलाई मात्रै होईन वयावसायीलाई समेत फाइदा पुग्नेछ । सिपयुक्त जनशक्तिको अभाव बेलाबेलामा भोगिरहनु पर्ने छैन । अदक्ष जनशक्तिबाट काम लिनु पर्ने छैन । पूर्ण ब्यावसायिकताको प्रत्याभूति हुनेछ ।’
श्रमिक वर्गबाट बन्द हड्ताल र अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नहुने उनले बताइन् । युवा विदेश पलायन रोक्ने, मुलुकमा रोजगारी स्थापना गर्ने ब्यवसायीको पनि दायित्व भएको उनले बताइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here