राष्ट्रिय

सूचनाको हकका लागि राष्ट्रिय सञ्जालमा बञ्जरा


पोखरा, ५ माघ
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल कास्कीको संयोजकमा यदुनाथ बञ्जारा चयन भएका छन् । संस्थाको सह–संयोजकमा शिवराज वस्ताकोटी, सदस्य सचिवमा प्रतीक्षा काफ्ले र सदस्यमा तुलसी दाहाल, सविता शर्मा, सावित्रा घिमिरे, खुमबहादुर थापा, पिडी सिग्देल, रजित श्रेष्ठ, कमल बराल, ललितमान ताम्राकार, गोमा पराजुली, विष्णुप्रसाद अधिकारी लगायत रहेका छन् । यस्तै विशाल गुरुङ (मादी), राम गुरुङ (माछापुच्छ«े), रामकृष्ण अधिकारी (रुपा), यज्ञराज पौडेल (अन्नपूर्ण) लाई गाउँपालिका संयोजक चयन गरिएको छ ।
सोही अवसरमा कृष्ण क्षेत्रीको संयोजकत्वमा पोखरा महानगरपालिका स्तरिय सञ्जाल पनि गठन गरिएको छ। जस्को सहसंयोजकमा कुलमाया क्षेत्री, सदस्य सचिवमा रेशम खड्का र सदस्यमा जीवन सुवेदी, पदम श्रेष्ठ, ईन्द्रबहादुर खत्री, परिजात खराल, अम्बिका अधिकारी, जीवन आचार्य, तुलसी बस्ताकोटी, राजु गिरी, आत्मा तुलाचन रहेका छन् ।
भेलामा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी, सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका केन्द्रीय सदस्य सुस्मा पौडेल गण्डकी प्रदेशका सहसंयोजक माधव पनेरु, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले सूचनाको हकको बारेमा बोलेका थिए ।
भेलालाई सूचनाको हकका राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सहजीकरण गरेका थिए । सूचना अभियन्ता यदुनाथ बञ्जाराको अध्यक्षतामा भएको भेलामा स्वागत शिवराज बस्ताकोटी र संचालन नबराज दाहालले गरेका थिए ।
मेयर जि.सी. र प्रजिअ केसीको प्रतिवद्धता
सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कास्की जिल्लाको भेलामा पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सूचनाको हक कार्यान्वयनमा जुटेका अभियन्ताहरुलाई महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचार न्यूनीकरण गर्न सकिए त्यसको फाइदा देश र जनताले पाउने विषय भएकाले यस क्षेत्रमा लागेकाहरुलाई निर्भिकताका साथ लाग्न मेयर जिसीले सल्लाह दिएका थिए । नागरिक पारदर्शिताका लागि सूचनाको हक कोशेढुंगा सावित हुने भन्दै आफ्नो कार्य अनुभव र आइपरेका चुनौतीको वारेमा अनुभव सुनाउँदै आम नागरिकलाई आफ्नो अधिकार र कर्तव्य दुवैतर्फ सचेत रहेर काम गर्न आवश्यक रहेको मेयर जिसीले बताए । वार्षिक वजेट मै सूचनाको हक नागरिक सचेतना कार्यक्रम राख्न भेलाले माग गरेको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सूचना अभियन्ता सुशासनका संवाहक भएकाले आफ्नो कर्तव्य, दायित्व र अधिकारलाई वुझेर कानुनको मर्म वमोजिम काम गर्नुपर्ने बताएका छन् । सूचना अभियान्ताले के कति र कस्ता सूचना माग्न हुने, कस्ता माग्न नहुने भन्ने वारेमा स्पष्ट हुनुपर्ने औंल्याउँदै कास्की प्रशासनका तर्फबाट सूचनाको हक कार्यान्वयनमा पूरा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सबै सरकारी सार्वजनिक कार्यालय संघ संस्थामा सूचना अधिकारी राख्ने व्यवस्था अनिवार्य गर्न निर्देशन दिइएको प्रजिअ रमेश केसीले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here