राष्ट्रिय

४ का जनप्रतिनिधिलाई खुल्लापत्र मार्फत जिम्मेवार हुन आग्रह

पोखरा वडा नं= ४ अगुवा संघर्ष कोइरालाले वडा ४का सम्पूर्ण जनप्रतिनिधिलाई बिश्वभर महामारीको रुपमा फैलिएको तथा नेपाल मा अहिले पहिलो चरणमा देखिएको कोराना भाइरस विरुद्ध जिम्मेबार भइ वडामा बिदेश बाट आएका ब्यक्तिहरुको तथ्याङ्क र बिबरण संकलन गरि उनिहरु ऐले कता छन् ,के गरि राखेका छन् निगरानि राखेर स्वास्थ परिक्षण गरि उचित क्वारेन्टाईन को ब्यब्स्था मिलाउन अनुरोध गरेका छन् । नेपालमा आजसम्म छ जना ब्यक्ति संक्रमित भइसकेका र १ जना बाट सुरु भएको यो भाइरस करिब ७ लाख ब्यक्तिसम्म पुगिसकेको स्थिति भएको कारणले यस संकटकालिन अवस्थामा सबै मिलेर यस भाइरसको महामारीको सामना गर्न आवश्यक छ भएको जानकारी दिदै उनले वडा अध्यक्षलाई खुल्लापत्र मार्फत अपिल गरेका हुन् ।

उनले त्यस वडाभरिका अति विपन्न, असहाय,अशक्त, दैनिक ज्यालादारी मज्दुरी गरी जीवन निर्वाह गर्ने ब्यक्तीहरुको पहिचान गरि उनीहरू लाइ उचित राहात को ब्यबस्था गर्न समेत आग्रह गर्नुका साथै पोखरा महानगर भित्र का बिभिन्न वडा हरु मा डिष्ईन्फेन्ट औषधि छरिरहेको अबस्था मा यस वडा मा गम्भिर रुपमा नलिइ औषधी नछरिनु निर्लज्ज भएको बताउदै विविन्न वार्डमा सुरु भैसकेको कोरोना भाईरष विरुद्धको औषधी पोखराको मुटुमा रहेको वार्ड नम्बर ४मा अझै सुरु नभएकाले जनप्रतिनिधिको भूमिका प्रति वार्डबासी चिन्तित भएको र जन स्वास्थ लाइ मध्यनजर गर्दै छिटोभन्दा छिटो औषधी को ब्यबस्था गरि छर्कने बिश्वास लिएका छन् ।जनप्रतिनिधि जनताका सेवक भएको र हरेक चुनौतीको सामना गरेर जनतालाई राहत दिन हर समस्या संग जुदने सामर्थे राखुपर्नेमा उनले जोड दिए र यस कठिन घडि मा सम्पुर्ण वडा बासि को मर्म ,भाबना बुझेर अगाडि बढि सच्चा जनप्रतिनिधि को आभाष दिलाउन हार्दिक अपिल गरेको छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here