राष्ट्रिय

लक्ष्मी बैंकले दियो गण्डकी प्रदेश सरकारलाई १० लाख

पोखरा, चैत्र २४ लक्ष्मी बैंकले कोरोनाभाइरस को संक्रमण हुनबाट जनतालाई जोगाउन गण्डकी प्रदेश सरकारले खडा गरेको राहत कोषको लागि आज १० लाख हस्तान्तरण गरेको छ ।

कोरोनाभाइरस को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैंकका गण्डकी प्रदेश प्रमुख सन्दीप मानन्धरले मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । बैंकका सातै प्रदेशका शाखाबाट प्रदेश सरकारलाई १०÷१० लाख तथा संघिय सरकारलाई ३० लाख गरि १ करोड प्रदान गर्ने संचालक समितिले यसअघि नै घोषणा गरे अनुरुप रकम हस्तान्तरण गरिएको हो ।

बैंकले आफ्नो बैंकिङ सेवाका काम बाहेक सामाजिक उत्तरदायित्व बहन गर्दै गण्डकी प्रदेश सरकारलाई कोरोनाभाइसलाई परास्त गर्नका लागि प्रदेश सरकारले खाडा गरिएको कोषको लागि रकम सहयोग गरेको बताएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here