समाचार

आठौ सिटी रेवान महोत्सव फागुन २३ देखि २५ सम्म

अभिन्नदन बजिमय
पोखरा १४
आठौं सिटी रेवान तथा फ्ड फेष्टिवल २०७६ फागुन २३ गते देखी २५ गते सम्म हुने भएको छ ।सिटी रेवान को आयोजनमा हुने कार्यक्रम पोखराको सृजनाचोक देखि आलुमाइला चोक सम्म्को सडकमा हुने भएको मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
महोत्सवमा रेष्टुरेन्ट ब्यबसाय प्रयोजनको लागी १६वटा स्टल अन्य स्टल प्रयोजनको लागी १० स्टल गरी कुल २६ स्टल रहने छन््। महोत्सव तथा फुड फेष्टिवल प्रवेश निःशुल्क गरिएको संयोजक दिपक तिमिाल्सिनाले बताए ।
महोत्सवमा बिबिध साँस्कृतिक र अन्य कार्यक्रमहरु पनि हुने छन् ।कार्यक्रमहरुमा राष्ट्रिय तथा स्थानिय स्तरका चर्चित लोक दोहोरी कलाकारद्धारा दैनिक प्रस्तुतिको साथमा पप कन्सर्ट रसुगम संगित रहने छ । दैनिक हाँस्य कलाकारहस्को प्रस्तुतिको साथमा ढिंडो खाने प्रतियोगीता समेत हुनेछ । महोत्सवमा कृषि प्रदर्शनी र रत्यौली गीत प्रतियोगीता , भाले छोप्ने प्रतियोगीता समेत हुने प्रचार प्रसार संयोजक जीवन दाहालले बताए।
महोत्सवमा तथा फुड फेष्टिवल सम्पन्न गर्नका लागी २० लाख र्खच लाग्ने सो कार्यक्रम वापत आम्दानी र बचेको रकमबाट असाहाय, बालबालीकाकाको लागी र पर्यटन प्रर्बदनको लागी सहयोग गरिने आर्थिक संकलन संयोजक राम प्रसाद ज्ञावालीले बताए ।
कार्यक्रम सञ्चालन गर्न बिभिन्न उपसमीती समेत गठन भएको छ ।संस्थाले स्थापना काल देखीनै समाज, पर्यटन र लोक दोहोरीको क्षेत्रमा विशेष टेवा पुर्याउदै आएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here