समाचार

आदिवासी जनजातिबारे दुर्लभ पुस्तकहरुको प्रर्दशनी

 पोखरा, १६ फागुन । मगर समुदायको स्थापना दिवस फागुन १५ को अवसरमा पोखरामा विहिबार बृहत पुस्तक प्रदर्शनी गरिएको छ । पोखराका वरिष्ठ कलाकार तथा पत्रकार तिलक पुनको संयोजकत्वमा पुस्तक प्रदर्शन गरिएको हो । पुस्तक प्रदर्शनी झन्डै २ हजार पुस्तक राखिएको पुनले जानकारी दिए ।
वरिष्ठ पत्रकार पुनले विगत चालिस वर्षदेखि विभिन्न विषयका पुस्तक, पत्रपत्रिका संकलन गर्दै आएका थिए । त्यसरी संकलन गरिएका सामग्रीहरु मध्ये धेरै दुर्लभ खालका समेत रहेका छन् । पोखरामा पुस्तक प्रर्दशनी गर्न सफल भए पनि उनले लामो समयदेखि देखेको सपना पूरा भएको बताए । “१७ बर्षदेखिको सपना पूरा भएको छ ” उनले भने “मगर समाज र पुस्तक प्रदर्शनी अवलोकन गर्ने पाठकहरु प्रती धन्यवाद ज्ञापन गर्छु ।“ पुस्तक प्रदर्शनीमा आदिवासी जनजाति र मगर समुदायसँग सम्बन्धित पुस्तकहरु रहेका थिए ।
लेखक तथा पत्रकार पुनले कठोर मेहनत गरि संकलन गरिएको पुस्तक पाठक सामु प्रदर्शन गर्न पाउँदा अत्यन्तै हर्ष लागेको पनि बताए । नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा विहिबार ३८ औं राष्ट्रिय मगर एकता दिवस भव्य रुपमा मनाइएको हो । २०३९ सालमा संघका संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा तनँहुमा भएको राष्ट्रिय सम्मेलनले प्रत्येक वर्षको फाल्गुन १५लाई नेपाल मगर संघको स्थापना दिवसको रुपमा मनाउने निर्णय भएको थियो । सोहि अनुरुप संघको स्थापना भएको दिनको अवसरमा कार्यक्रमको आयोजना गर्ने गरिएको हो । गण्डकी प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री माननीय विकास लम्सालको प्रमुख आतित्यथा र सत्तारुढ दल नेकपाका प्रमुख सचेतक गायत्री गुरुङ्गको विशिष्ट आथित्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा कास्की जिल्लाका विभिन्न ठाँउमा बसोबास गर्ने लगभग २ हजार मगरहरुको उपस्थित रहेको थियो । पोखराको महेन्द्रपुलबाट विभिन्न झाँकी, बाजागाजासहित शुरु भएको ्याली नयाँ बजार हुँदै पोखरा रङ्गगशाला अगाडी रहेको मगर सघंको सभाहलमा पुगि औपचारिक कार्यक्रम शुरु भएको थियो । उक्त कार्यक्रममा कास्की जिल्लाका ३७ वटा मगर इकाइहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपाल मगर संघका १०० जना संरक्षकहरुको साथै संघका निर्वतमान अध्यक्षहरुसहित ८० वर्ष उमेर पुगेका वृद्धाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री लम्सालले सम्पूर्ण मगरहरु एक भएर अगाडी बढ्नुपर्ने र शिक्षाको क्षेत्रमा अझ धेरै अगाडी बढ्नुपर्ने पनि बताए । त्यस्तै उनले लखन थापाले मगरहरुको उद्देश्य परिपुर्तिको लागि गरेको बलिदानको कदर गर्दै ति उद्देश्य परिपुर्तिका लागि सम्पूर्ण मगरहरु एकजुट भएर अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए । कार्यक्रमा बोल्दै सत्तारुढ दल नेकपाका गण्डकी प्रदेशकी प्रमुख सचेतक गायत्री गुरुङ्ग लगायत अधिकांश बक्ताहरुले नेपालमा रहेका हरेक जातिका भाषा संस्कृति संरक्षणका लागि आदिबासी तथा जनजातिहरु नै एकजुट हुनुपर्ने आवश्यकता औल्याउदै त्यसमा सरकारको सहयोग अपरिहार्य रहेको कुरामा जोड दिएका थिए । उनीहरुले आफ्नो मातृभाषामा अध्ययन गर्ने ब्यबस्था गरिदिन पनि सरकारसंग माग गरेका थिए । त्यस अवसरमा कौडा, सोरठी, ख्याली लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गरिएको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here