समाचार

आन्तरिक मूल्याकन नसक्ने भए मलाई क्षतिपूर्ति चाहिन्छ।।।

मौसम तिमिल्सिना
सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसले विश्व नै भ्रमण गरी सकेको छ र यो अझै जारी छ। यो सँग विश्वका अधिकांश देश अछुतो रहन सकेनन् । करोडौं मानिस संक्रमित गराएर लाखौं मानिसको ज्यान लिँदै कोरिनले विश्व विकासको गति सुस्त बनाएको छ।सुरुवाती चरणमा नेपाल केही सुरक्षित रहे पनि धेरै समय रहन सकेन र आइपुग्यो नेपाल।
महामारीबाट देश र जनता सुरक्षित राख्न नेपाल सरकारले २०७६ चैत्र १० गतेबाट देशभर बन्दबन्दिको घोषणा गर्यो ।कलकारखाना,उद्योग धन्दा, शैक्षिक संस्था लगायतका सबै ठप्प भए। सबै चल्ने भनेका र चली रहेका परीक्षा रोकिए । बन्दबन्दी करिब १२० दिन सम्म रहेर खुल्यो।त्यस बीच नेपालकै ठूलो र उत्कृष्ट मानिएको त्रिभुवन विश्वविद्यालयले स्नातक तर्फका विद्यार्थीको निम्ति केही ठोस निर्णय लिन सकेन, सक्यो त केबल आँखामा छारो हाल्न र विद्यार्थी झुलाउना केही सर्वेक्षण र फाराम भराउने कामहरू । वार्षिक परीक्षा प्रणालीमा जाने संकाय र विषयहरू त अब पछि परी सकेको अवस्थामा सेमेस्टर प्रणालीको आर्को सेमेस्टर सकिने समय बित्दा सम्म अघिल्लो सेमेस्टरको टुङ्गो लागेको छैन । विश्वका ठूला र मान्य विश्वविद्यालयले आफ्नो परीक्षा विधि परिवर्तन गरी अघि बढी सकेको अवस्थामा हाम्रोमा अझै भौतिक परीक्षाको पर्खाइमा किन छौ? बन्दबन्दि खुलेपनि महामारी नसकिएको हुँदा भौतिक परीक्षाको लागि जोड दिनु समुदाय स्तरमा आउनलाई कोरोनलाई चुलै निम्तो दिनु हो ।
म त्रिभुवन विश्वविद्यालय अन्तरगत इन्जिनियरिङ अध्यन संस्थाको विद्यार्थी, सरल रूपमा भन्दा इन्जिनियरिङ, प्रविधिक धारको विद्यार्थी तर अहिले त्रि वि र इन्जिनियरिङ अध्यन संस्थानले जुन रूपले परीक्षाको अभिव्यक्ति दिरहेको छ त्यसले हामीलाई आफू प्रविधिक विद्यार्थी भनेर गर्व गर्ने कुनै पनि ठाउँ नभएको महसुस गराएको छ।
इन्जिनियरिङ छ महिनाको एक सेमेस्टर त्यसबीच पढाई ल्याब, assignment,project work,आन्तरिक परीक्षा आदि इत्यादिको चापा चापले बडो मुस्किलसँग पार हुन्छ । विद्यार्थीले ठूलै खड्को पार गरेको अनुभूति हुँदा बल्ल अन्तिम परीक्षा आउँछ । अन्तिम परीक्षा र आन्तरिक दुवैको मिलाएर नतिजा विद्यार्थीहरुको हातमा पर्दथ्यो जुनमा अन्तिम परिक्षा निकै हावी देखिन्थियो।
अहिले स्थिति सामान्य छैन धेरै विद्यार्थीहरू क्याम्पस भन्दा टाढा छन् कति केही किताब कपी सँग घर पुगे भने केही रित्तै घर पुगेका छन् ।यस्तो अवस्थामा परीक्षाको चिन्ता त छँदै थियो अझ आर्को सेमेस्टर पनि खेर जान्छ कि भन्ने चिन्ता बढ्दै गयो । त्रि वि र शिक्षा क्षेत्रको उच्च पदमा आसिन महोदयहरु भौतिक उपस्थिति भन्दा बाहेकको वैकल्पिक परीक्षा किन देखिएकै छैन? की तपाईंहरूलाई हामीले यस्तै दिएर आएको हो तिमीहरूले पनि यस्तै दिनु पर्छ ढिलो चाडोको मतलब छैन भन्ने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हटाउनुहोस त्यो मानसिकता बनाउनु होस् फराकिलो विचार प्रयोग गर्नुहोस् प्रविधि र सुरु गर्नुहोस् नयाँ परीक्षा विधि ।
महोदयहरु स्वास्थ्य सुरक्षा भए तयार छु म भौतिक उपस्थितिमा परीक्षा दिन तर मलाई मेरो क्षतिपूर्ति दिनु पर्छ। हो मलाई क्षतिपूर्ति , के को क्षतिपूर्ति भन्दा
– मेरो अन्तिम मूल्यांकन गर्न नसक्ने assignment गराएर मेरो समय र सामग्री खेर गएको क्षतिपूर्ति
– ८०% उपस्थिति अनिवार्य भन्ने घेराबन्दीमा हालेर मैले कहिलेकाहीं कक्षा उपस्थित हुँदा छुटेका अतिरिक्त काम,बाहिरी ज्ञान र अन्य चिजको क्षतिपूर्ति
– मलाई अन्योलमा राखी झुलाएको पाँच महिना अनि खेर जान लागेको एक सेमेस्टरको समयको क्षतिपूर्ति चाहिन्छ
– मुख्य क्षतिपूर्ति मलाई जुन छ महिना भरी तपाईंको आन्तरिक मूल्यांकन गरी NQ ( नट क्वालिफायाड) भन्दै दिनु भएको मानसिक तनबको दिनु पर्दा छ।
त्यति बेला मलाई अयोग्य बनाउनलाई NQ को धम्की दिन सक्ने तपाईं अहिले आएर आन्तरिक मूल्यांकन गर्न सकिँदैन भन्दा कतिको सान्दर्भिक होला? तपाईंको त्यति बेलाको त्यो कुराहरूले म के ढुक्क थिए भन्दा मेरा शिक्षकलाई मेरो क्षमताको बारेमा ज्ञान छ है उहाँहरुले हामीलाई बुझी भएको छ हैं तर अहिले हजुरहरू आफैं पन्छिन खोजेको जस्तो देखियो।
६ ६ महिना पढाउँदा अनि विभिन्न क्रियाकलाप गराउँदा पनि आफ्ना विद्यार्थीको क्षमता बुझ्न सक्नु भएन ।
जसै अन्तिम परिक्षा को विकल्प नहुने हो भने हटाई दिनुहोस ती assignment र project wok राख्नु होस बन्द कोठमा अनि घोटाउनु होस् किताब बनाउनुहोस् शिक्षालय लाई कारखाना अनि उत्पादन गर्नुहोस किताब रट्ने किरा रूपी मान्छे।
दिलाउनुद मलाई क्षतिपूर्ति अनि गराउनुस् भौतिक परीक्षा।
(लेखक पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी हुन।)

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here