समाचार

‘आवश्यकता भन्दा बढि सञ्चय नगरौं’

पोखरा, ९ चैत

पोखरामा खाना पकाउने(एलपी) ग्याँसको अभाव नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष बालकुष्ण कोइरालाले बताएका छन् । पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिको आइतबार बैठकमा उनले पोखरामा नियममित ग्याँस आपूत्र्ति भैरहेको भन्दै उपभोक्ताले आवश्यकता भन्दा बढि ग्याँस सिलिण्डर सञ्चय गरेका कारण समस्या देखिएको बताए । पोखरामा मासिक १ लाख ४० हजार ग्याँस विक्री हुने गरेको बताए ।
पोखरामा विभिन्न १७ वटा कम्पनीको ग्याँस बिक्री हुने गरेका छन् । ‘नियमित ग्याँस आयात भैरहेको छ’, अध्यक्ष कोइरालाले भने, ‘एउटै परिवारले दुईदेखि पाँच वटा सम्म सिलिण्डर सञ्चय गरेका कारण बजारमा ग्याँसको अभाव सृजना भएको छ । तर आयात नियमित छ ।’ उनका अनुसार शक्ति ग्याँसको ५५ हजार मासिक विक्री रहेको र अन्य ग्यासको पनि सोही हाराहारीमा रहेको छ ।
उनले भने, ‘हामीले आएका सबै ग्याँस सिलिण्डर बजारमा पठाएका छांै । एउटा पनि हामीले स्टक गरेका छैनौं । प्रशासनले निर्देशन नदिदाँसम्म हामी स्टक राख्दैनांै ।’
पोखरा महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उनले एउटै परिवारले सात वटासम्म ग्याँस राख्ने तर एउटा सिलिण्डर हुनेले नपाउने अवस्था छ त्यसैले समानुपातिक वितरण प्रणालीको व्यवस्था आवश्यक भएको बताए । उनले बजारमा जाने र पैसा दिएपछि किन नपाउने भन्दै दबाब दिएर सिलिण्डर किन्ने भएकाले उपभोक्ताले सञ्जय गरेको बताए ।
उपभोक्ताले ग्याँस स्टक गर्ने अवस्था रोक्नुपर्ने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उनले बजारमा कृत्रिम अभाव सृजना भए धेरे सिलिण्डर सञ्चय गर्ने उपभोत्ताकोमा समेत छापा मार्नुपर्ने अवस्था आउने बताए । पोखरामा तीन महिनाका लागि औषधि रहेपनि सेनिटाइजर भने अभाव रहेको औषधी ब्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर कैसीले बताए । उनले सेनिटाइजर भारतबाट आयात हुने भएकाले नेपालमा अभाव देखिएको बताउँदै सेनिटाइजरको सटटा सावुन पानीको प्रयोग बढाउनुपर्नेमा जोड दिए । पोखरामा औषधि अभाव छैन उनले भने, ‘मास्क स्थानीय रुपमा उत्पादन गरिएकाले त्यसको अभाव छैन तर सेनिटाइजर भन्दा सावुन पानीले हात धुन प्रोत्साहन गरौं ।’
पोखरा महानगरपालिकका उपप्रमुख मञ्जुदेवी गुरुङले उपभोक्ताले अनावश्यक रुपमा घरमा सामाग्री थुपार्ने कार्यलाई रोक्नुपर्ने बताए । पोखरामा सेनिटाइजरको अभावमा सावुनपानीको प्रयोग गरेर हात धुन आग्रह गर्नुपर्नेमा जोड दिए ।
बैठकलै बजारमा पछिल्लो अवस्थामा अति आवश्यक सामाग्रीको आपूर्ति व्यवस्थाको अवस्थाको बारेमा छलफल गर्दै आजसम्म आपूर्तिमा कुनै समस्या नरहेको तर उपभोक्ताहरुमा अधिक संचिती गर्ने प्रवृत्ति रहेकाले आश्वस्त पार्नुपर्ने देएिको छ उल्लेख गरिएको छ ।
बजारमा ग्यांस लगायत उपभोग्य सामाग्रीको वितरणको अवस्थालाई आवश्यकता अनुसार अनुगमन गर्ने निर्णय गरेको महानगर शाखा अधिकृत किरण कोइरालाले बताए । आपूर्तिको सम्बन्धमा आवश्यकता अनुसार विषयगत व्यवसायीहरुसंग अलग अलग छलफल गरी अगाडि बढ्ने निर्णय उपभोक्ता हित संरक्षण समितिको बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रिय संकटको घडीमा सम्पूर्ण व्यवसायीहरुमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सेवा प्रवाह गर्न आव्हान समेत गरेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here