समाचार

उन्नति चौतारी लायन्सको अध्यक्षमा रामचन्द्र सेडाइँ चयन

पोखरा । लायन्स क्लव अफ पोखरा उन्नति चौतारीको अध्यक्षमा रामचन्द्र सेडाइँ चयन भएको छन् । उनी कृष्णचन्द्र बराल नेतृत्वको कार्यकालमा प्रथम उपाध्यक्षको भूमिकामा थिए ।
क्लवको प्रथम उपाध्यक्षमा मोहनराज आचार्य, द्धित्तीय उपाध्यक्षमा अनिल पोखरेल र तृतीय उपाध्यक्षमा बुद्धराज बस्याल चयन भएका छन् ।

यस्तै सचिवमा नरबहादुर क्षेत्री, कोषाध्यक्षमा राजु ढकाल, सहसचिवमा डिल्लीराम बराल र सहसचिवमा मुक्तिराम बराल चयन भएका छन् । यसैगरी क्लव एडमिनिष्टरमा विरेन्द्रराज श्रेष्ठ, मेम्वरशिप चियर पर्सनमा सुरेश जिसी, टेमरमा अनिश अधिकारी, टेलट्वीष्टरमा कृष्णप्रसाद तिमिल्सिना, क्लव निर्देशक त्रयमा विकाशबाबु कोइराला, कुमार केसी र विश्वराज सुनार छन् ।

उक्त अवसरमा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर मनबहादुर रोकाले लायन्समा लागेर धेरै राम्रा राम्रा सामाजिक कार्य गर्न सकिने बताए । उनले लायन्समा सर्भिस, फेलोशिप र लिडरशिप पाउन सकिने भन्दै लायन्स क्लव दोस्रो परिवार पनि भएको स्पष्ट पारे ।

डिष्ट्रिक्ट कोचिफ एडभाइजर सुचित्रा थापाले पछिल्लो क्रममा लायन्समा धेरै राम्रो र योग्य व्यक्तिको प्रवेश भइरहेको भन्दै सामाजिक कार्यका लागि लायन्स उत्कृष्ट संस्था भएको बताइन् ।

जोन चियर पर्सन जितबहादुर थापाले लायन्सको गरिमा पछिल्लो क्रममा निकै बढेको भन्दै यसले भाइचाराको सम्बन्ध थप मजबूत बनाउँने स्पष्ट पारे ।

क्लवका अध्यक्ष कृष्णचन्द्र बरालले लायन्सको भूमिकालाई अझ प्रभावकारी बनाउन आफूले सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्णचन्द्र बरालले स्वागत, सचिव सुरेश जोशीले सञ्चालन र द्धित्तीय अध्यक्ष रामचन्द्र देवकोटाले ध्वाजाको अभिवादन सुनाएका थिए ।

उन्नति लायन्स आठ महिना अघिमात्र गठन भएको हो । यो क्लवले आठ महिनाको अवधिमा मृगौला पीडितलाई सहयोग, खेलकूद, स्टेशनरी र माक्स वितरण, खाद्यान्न सामग्री वितरण, आइसोलेशन वेडका लागि सहयोग, ग्यास चूलो र न्यानो कपडा वितरण, अशक्त व्यक्तिलाई आर्थिक सहयोथग लगायत कार्य गरेको अध्यक्ष बरालले जानकारी दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here