समाचार

एनआरएन युके अध्यक्ष र नेपाली समाज युके सल्लाहकारलाई समाजवादीको स्वागत

पोखरा, ६ फागुन
पोखरा म्याराथन भव्यताका साथ सफल बनाउन पोखरा आएका एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ र नेपाली समाज युके सल्लाहकार तथा तमु धिं युकेका पुर्व अध्यक्ष कमल गुरुङलाई समाजवादी पार्टी, तमु राष्ट्रिय समितिले पोखरामा स्वागत गरेकोछ । पोखरामा मंगलवार आयोजित कार्यक्रममा समाजवादी पार्टीका नेताहरुले उनीहरुलाई खादा र माला लगाएर स्वागत गरेको हो।

स्वागत कार्यक्रममा एनआरएन युके अध्यक्ष पुनम गुरुङले स्वागतका लागि धन्यवाद दिदै गैरआवाशीय नेपाली संघ युकेले उठाउदै आएको मुख्य मुद्धाहरु नागरिकता निरन्तरता, गोर्खाजको मुद्धा र प्रवासबाट मतदान गर्न पाउनुपर्ने अधिकार समाजवादी पार्टीले उठाउदै आएकोले धन्यवाद व्यक्त गरे । एनआरएन युकेको निर्वाचनमा पनि नेपाली समाज युकेका नेताहरुको गुन आफुले नभुलेको बताउदै संस्थागत मर्यादाका कारण आफु कुनै पार्टीमा आवद्ध नरहेको दावी गरे ।


नेपाली समाज युकेका सल्लाहकार तथा तमु धिं युकेका पुर्व अध्यक्ष कमल गुरुङले स्वागत तथा भेटघाटको अवसरका लागि धेरै धन्यवाद दिदै पहिचान, सुशसान, समृद्धि र समाजवादको बैकल्पिक राजनीतिक शक्ति स्थापनाका लागि जुटेका नेता कार्यकर्ताहरु विचारमा प्रष्ट र व्यवहारमा उदाहरणीय बन्नुपर्दछ भने । पुराना पार्टीबाट दिक्क परिसकेका जनतालाई समाजवादीको बैज्ञानिक विचारबाट प्रष्ट पार्दै मुलुकको समृद्धिका लागि क्रियाशील रहनु पार्टीका नेताहरुलाई आग्रह गरे । राजनीतिमा मात्रै नभई मुलुक र पोखराको समृद्धिका लागि समाजवादीहरुले अगुवाई गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा दलित मुक्ति महासंघ इञ्चार्ज, पुर्व संविधान सभा सदस्य डिवी नेपालीले नागरिकता निरन्तरता, गोर्खाजको मुद्धा र प्रवासबाट मतदान गर्न पाउनुपर्ने अधिकार समाजवादी पार्टीले उठाउदै आएको प्रष्ट पारे ।
समाजवादी पार्टी केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समिति अध्यक्ष हुमबहादुर तमुले संचालन गरेको कार्यक्रममा प्रदेश उपाध्यक्ष दिपक वाईवा, जिल्ला अध्यक्ष गिरीप्रसाद तमु, महानगर अध्यक्ष टिकाराम पौडेलले पार्टीकौ विसु अभियान र लगायत गतिविधीका बारे जानकारी दिदै प्रवास रहेका महानुभावहरुको साथ सहयौगकाो अपेक्षा गरेको धारणा राखे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here