समाचार

ओलीलाई कालो झन्डा देखाउने क्रममा नेवि संघका ४ नेता पक्राउ

अभिनन्दन बजिमय,

पोखरा, फल्गुण १७

पोखराको नदिपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास गर्न पोखरा आएका प्रधानमन्त्री के पी ओलीलाई कालो झन्डा देखाउने क्रममा नेवि संघका ४ नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रताव बानिया, अशिम शुवेदी, सन्देश खत्री, रमेश चन्द्र जोशी रहेका छन् ।

“देशको प्रधानमन्त्रीको स्थानमा नरहि, पार्टीको अध्यक्षको हैषियतले मात्र काम गरेको कारण, असक्षम प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हौ”, नेवि संघका पुर्व केन्दिय सदस्य भानु ढकालले बताए ।

यता प्रधानमन्त्री ओलीले भने आफु माथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्न जनतालाई बताएका छन् ।

साथै केही समय पछि  दिवस राना भाट, अमन क्षेत्री, सुसान्त पौडेल, खेमराज बराल, पनि पक्राउमा परेका छन् ।

उनीहरुलाई हाल वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here