समाचार

कोरियन प्रविधिको प्यानल हाउसमा भीड

पोखरा, ९ माघ
पोखराको अमरसिंह चौरमा जारी दशौें पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा आउने दर्शकले प्यानल हाउसको बारेमा जानकारी लिने गरेका हुन ।
कोरियन प्रविधीबाट फलामबाट सजिलै निर्मित हुने प्यानल हाउस एक आना जग्गामा समेत २ वटा कोठा भएको घर सजिलै बन्न सक्ने र प्रति स्क्वायरफुट २ हजारको दरले निर्माण गर्न सकिने भएकाले महोत्सवमा आउने दर्शकले कोरियन प्यानल हाउस मन पराएको साई प्यानल नेपाल पोखरा शाखा सारु टे«ेडिङका बजार ब्यवस्थापक राजु थापाले बताए ।
मुख्य कार्यालय चितवन माडिमा रहेको साई प्यानल नेपालले विगत दुई वर्षदेखी पोखराको हस्पिटल चोकमा सारु टे«डिङ मार्फत गण्डकी प्रदेशमा बिक्री वितरण गर्दै आइरहेको र हाल सम्म १५ भन्दा वढी ठाउमा कोरियन प्यानल हाउस निर्माण गरिसकेको समेत थापाले वताए ।
प्यानल हाउस भूकम्प प्रतिरोधी भवन निर्माणक लागि उत्कृष्ट, चिसो तातो मुक्त, अत्यन्तै कम वजन भएकाले निर्माण र ब्यवस्थापनमा सहज, कम आर्थिक भार, चलन चल्तीको निर्माण सामाग्री जस्तै टिकाउ, उच्च गुणस्तरको कोरियन कच्चा पदार्थबाट उत्पादित, रङरोगन गर्नु नपर्ने, जडानका लागि सहज, आवश्यक अनुसार लम्बाइमा बनाउन सकिने, वातावरण मैत्री, साउण्ड प्रुफ, आगो प्रतिरोधात्मक, ५ देखि ६ हप्ता भित्रमा घरमा बस्नेगरी पूर्ण रुपमा तयारी हुने र सजिलै जडान गर्न र फुकालेर अन्यत्र लैजान सकिने भएकाले थोरै कमाइबाट पनि घर बनाउन सकिने सारु ट्रेडिङले जनाएको छ ।
यसैविच महोत्सवमा राखिएको औधोगिक क्षेत्रमा उत्पादित औद्योगिक सामाग्रीका बारेमा समेत दर्शकले जानकारी लिएका छन । महोत्सवमा पञ्चकन्या मेटल इन्जीनियरिङ प्रालि र एडभान्स इन्जिनियरिङको स्टलमा राखिएका मेटल र स्टिलबाट उत्पादित सामाग्रीहरुको बारेमा दर्शकले जानकारी लिने गरेका हुन । महोत्सवको रमाइलो माहोल संगै दैनिक जीवनमा प्रयोग हुने सामाग्रीको बारेमा दर्शकले जान्न र बुझ्न पाओस भनेर आयोजकले औधोगिक क्षेत्रमा रहेको औद्योगिक उत्पादनका स्टललाई निशुल्क ब्यवस्था मिलाएको छ ।
दशौ दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको आयोजक युनाईटेड क्लवले जनाएको छ । पोखरा क्षेत्रमा यो सिजनको अन्तिम महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको चाप दिन प्रतिदिन वढेको हो भने महोत्सवमा राखिएका सामाग्री किन्नेको समेत भीड लागेको छ । महोत्सवको दशौं दिन बिहीबार लोकदोहोरी गायक राजु परियारको प्रस्तुतिमा दर्शकले भरपुर मनोरन्जन लिए ।
परियार संगै विहीबार पोखरा महोत्सवमा चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पुजा गुरुङ, प्रकाश बराल, बिनोद रामदाम लगायतको लोकदोहोरी प्रस्तुतिमा दर्शक रमाएका थिए ।
यसैगरी हास्य कलाकार राजा राजेन्द्रको हास्यब्यङ्ग्य प्र्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए । सांझको लाइभ कन्सर्टमा युवाहरुको ढुकढुकी सविन राइ एण्ड फारोह र स्थानीय आत्मसर्गको प्रस्तुतिमा युवाले मनोरन्जन लिएका थिए ।
महोत्सवको ११औं दिन शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेस भुर्तेल लगायतको प्रस्तुति रहने छभने ।
यसैगरी विद्यालयस्तरीय लोक नृत्यमा सूर्योदय बोर्डिङ स्कुल, युनिभर्स इङ्लिस स्कुल, कुमुदिनी होम्स, राइजिङ स्टार, लेखनाथ विभुति, बहादुरे मावि र कास्की मोर्डनाइज्ड बीच फाइनल प्रतिस्पर्धा रहनेछ । साझको पप कन्सर्टमा भिटेनका प्रस्तुतिसंगै स्थानिय स्पर्श ब्याण्डको प्रस्तुति रहनेछ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here