समाचार

कोरोना कहरः महादेव गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण

नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङको पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री वितरण अभियान सुरु भएको छ। तीनचुली नेपाल काठमाडौंका अध्यक्ष ज्वलन्त गुरुङको सहयोमा वितरण गरिएको सामग्रीमा प्रत्येक स्वास्थ्य चौकीलाई पिपिई, अक्सिमिटर, जार सेनिटाईजर, स्प्रे स्यानिटाइजर ,फेसिसल्ड सेट,मास्क एवं ह्यान्ड ग्लोवस लगायतका स्वास्थ्य सामग्री छन्।यस अभियानको सुरुवात् भदौरे, चापाकोट, सराङ्कोट र कास्कीकोट स्वास्थ्यचौकीका प्रमुखलाई हस्तान्तरण गरि बुधबारबाट आरम्भ भएको हो ।

सो सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता गुरुङले यो कोरोना महामारीमा जनताको दुःख–पीडामा मन मिलाउने उद्देश्यले आफु निस्किएको बताए ।सो कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता हरिप्रसाद लामिछाने ,नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ ,वडा नं २३ र १८ का वडा अध्यक्षद्वय विष्णुप्रसाद पराजुली र रणबहादुर थापा ,वडा नं २३ का वडा सदस्य भरतराज भण्डारी ,नेपाली कांग्रेसका पुर्व सहसचिव भरत ब.अधिकारी,अादिवासी जनजाति संघ कास्कीका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सदस्य अाश वहादुर गुरुङ, नेपाली कांग्रेस वडा नं १८ का ईकाइ सभापति शिव तिमिल्सिना, ,नेपाली कांग्रेसका पुर्व सहसचिव भरत ब.अधिकारी,स्वास्थ्य चौकीका प्रमुखहरु लगायत नेविसंघका नेता पशुपति भट्टराई , विवेक पराजुली, सुजन पराजुली ,महेश तिमिल्सिना ,महादेव गिरीलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here