समाचार

कोरोना भाइरसबाट नेपाल र बिश्व जगतलाई छिट्टै नै उन्मुक्ति मिलोस: गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्ब उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठले नयाँ बर्ष २०७७ सालको अवसरमा सम्पुर्ण नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुलाई शुभकामना व्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै कोरोना भाइरसबाट नेपाल र बिश्व जगतलाई छिट्टै नै उन्मुक्ति मिलोस भन्ने कामना पनि गर्नुभएको छ। नेता श्रेष्ठले आफ्नो ब्यक्तिगत सामाजिक संजालको माध्यमबाट सम्पुर्ण देश बिदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको हो।
साथै बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हाम्रो देश नेपाल र बिश्व जगतलाई छिट्टै नै उन्मुक्ति मिलोस भन्ने प्राथना ईश्वर समक्ष आफुले गरेको पनि नेता श्रेष्ठले नयाँ बर्षको शुभकामना संगै व्यक्त गर्नुभएको हो। प्रभावशाली नेता श्रेष्ठ अहिले नेपाली कांग्रेसको संगठन बिभाग प्रमुख पनि हुनुहुन्छ !

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here