समाचार

कोरोना भाइरस विरुद्ध नेविसंघको सचेतना कार्यक्रम

पोखरा, १ चैत

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्यो । नेविसंघ पोखरा–२३ को कार्यसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विश्वमा फैलिंदै गएको कोरोनाको जोखिममा नेपाल पनि रहेको भन्दै नेविसंघले सचेतना कार्यक्रम आयोजना गरिएको सभापति सुजन पराजुलीले जानकारी दिए । पोखरा–२३ स्थित बर्याङ्ग, घाटिछिँदा, लुकुवा, चापाकोट, ठूलाखेतमा पर्चा वितरण गरिएको उनले बताए ।
कार्यक्रममा नेविसंघ कास्की क्षेत्र नं. ३ का पूर्व सभापति सुमित पराजुली पनि सहभागी थिए भने नेविसंघ पूर्व ईकाई सचिव विवेक पराजुलीको संयोजक रहेका थिए । उक्त अवसरमा वडा नं. २३ मा भाईरसको बारेमा जानकारी, लक्षण र अपनाउन पर्ने सावधानी लेखिएको पर्चा वितरण गरिएको सभापति पराजुलीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेविसंघका पूर्व क्षेत्रीय सभापति सुमित पराजुलीले नेविसंघ मानवीय विपत्तिको घडिमा साहानुभूति सहजताको सृजनशिल सहयात्री प्रतिबिम्ब भएको भन्दै सतर्कताका लागि जनचेतना अभियान सञ्चालन गरेको स्पष्ट पारे ।
कार्यक्रम संयोजक विवेक पराजुलीले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन नेविसंघले अभियान सञ्चालन गरेको भन्दै प्रत्येक घरमा पुगेर सतर्कता जगाउने र पर्चा वितरण गर्ने जानकारी दिए । कार्यक्रममा सुमित पराजुली, बिबेक पराजुलि, सुजन पराजुली, दिपिका घताने, चन्दन पराजुली, नितेश चापागाईं र टिकाराम बिक लगायत सहभागी थिए ।
इकाई सभापति सुजन पराजुलीले नेविसंघ शैक्षिक क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा पनि त्यत्तिकै जिम्मेवार रहेकाले सचेतना फैलाउनु नेविसंघको पनि उत्तरदायित्व भएको बताए ।

चिनले ५ रातमा १०,००० सैयाको अस्पताल ठडाउदा चिनबाट ल्याएका नेपाली कता राख्ने भन्ने बिषयमानै नेपालको संसद एक साता अन्योल हुनुपर्ने हाम्रो वास्तविक दुर्दशा एकातर्फ र अर्को तर्फ हामिलाई सहयोग गर्न दातृ राष्ट्र नै थलिएको अवस्थामा भाईरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने हुदा यो प्रती सजग र सहज वातावरण सृजना गर्दा यस्को रोकथाम र न्यूनीकरण हुने भएकोले नेविसंघले पुर्व तयारी गरेको ने.वि.संघ नेता बिबेक पराजुलीले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here