पोखरा, १० चैत्र
विश्वव्यापी रुपमा नयाँ भाईरस कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिइरहँदा गण्डकी प्रदेश सरकारलाई क्वारेण्टाइन एवम आइसोलेशन सेन्टरका लागि तमु धिं नेपाललाई सघाउने भएको छ ।
तमु धिं नेपालले विशेष बैठक बसी कोरोना भाइरसको संक्रमणले मुलुकमा संकट निम्तन सक्ने भन्दै पोखरा ९ नयाँबजारमा रहेको तमु धिं नेपालसहित आवाश्यकतानुसार विभिन्न क्षेत्रीय समाज भवनहरु क्वारेण्टाइनका लागि गण्डकी प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय सोमवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेवी पुनलाई तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले हस्तान्तरण गरेका हुन् ।
संसारभर फैलदै गरेको भाईरसले करिब १४ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने ३ लाख बढी संक्रमित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एशिया लगायत नेपाल कोरोना भाइरसबाट उच्च जोखिम क्षेत्र घोषणा भईसकेको अवस्थामा तिन तहको सरकार र सरकार मार्फत विशेष सतर्कता, विशेष व्यवस्था र नागरिकले सचेतता एवम सजगता अपनाउनु पर्ने भन्दै तमु धिंले गण्डकी सरकारले क्वारेण्टाइनका लागि सघाउने निर्णय गरेको बताइएको छ ।
यस अघि तमु धिं नेपालले चरण चरणमा कोरोना भाइरसका विषयमा सचेतना कार्यक्रमहरु समेत गरी संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको जनाएको छ ।
अस्थायी क्वारेण्टाइन मात्र होइन देश, प्रदेशमा संकट समस्या, मानवीय विपद परेको बखत तमु धिं नेपाल स्वयमसेवा र आवाश्यक सहयोगका निम्ती तयार रहेको भन्दै तमु धिं नेपालले सरकार जनता र मुलुकका लागि, सामाजिक संस्था नागरिक र समाजका लागि भएकाले तमु धिं नेपाल सदा सर्वदा प्रदेश सरकारसँग संकटमा साथै, विकाश र समृद्धिमा सँगै रहेको पत्रमा उल्लेख गरेको महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिए ।
तमु धिं नेपालले सबै जुटौं, कोरोना भाइरसबाट बचौं, बचाऔं भन्ने नाराका साथ सबैलाई सर्तकता अप्नाउन आव्हान समेत गरेको छ ।
क्वारेण्टाइनका लागि तमु धिं सघाउने

Leave a Reply