समाचार

गण्डकी बिकाश बैंक हेमजा द्धारा दुई थान कम्प्युटर प्रदान

पोखरा असार ९ गण्डकी बिकाश बैंक लिमिटेड हेमजा शाखाले दुई थान कम्प्युटर सेट प्रदान गरेको छ ।पोखरा २५ हेमजा स्थित बिष्णुपादुका मा.बि लाई दुइ थान कम्प्युटर सेट प्रदान गरेको हो । कार्यक्रममा बैंकको तर्फबाट बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले कम्प्युटर सेट बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा बिद्यालयको शैक्षिक उन्नयन तथा शैक्षिक गुणस्तर बृद्धिका लागि प्रदान गरिएको र भबिष्यमा समेत सहयोग गर्ने बताए ।हस्तान्तरण कार्यक्रममा बिधालयका उप प्रध्यानाध्यापक दिपक राज पौडेलले बैक बाट सहयोग स्वरुप प्राप्त कम्प्युटरहरु मार्फत कम्प्युटर बिज्ञानमा बिधार्थिहरुको अभिरुची बृद्धि गराउने, सिकाइ र बुझाईमा सहज पार्ने तथा कम्प्युटर सम्बन्धि कक्षा सञ्चालन गरी बिधार्थीहरुको ज्ञान को दायरा बढाउने कार्यमा सदुपयोग गर्ने बताए।
बैंकका सञ्चालक बासुदेब त्रिपाठीले अब केहि साता भित्रै यस गण्डकी बिकास बैक लिमिटेड मेगा बैक नेपाल लिमिटेडमा बिलय हुने भयता पनि समुदाय प्रतिको कर्तब्य र उतरदायित्व पुरा गर्न बैक सदैब तत्पर रहको पनि बताए।गण्डकी बिकाश बैक हेमजा शाखाले केहि समय अगाडी हेमजा लाम्पाटामा पानि टंकी, हेमजा याम्दी स्थित बालकल्याण आधारभुत बिधालयमा अध्ययनरत सम्पुर्ण छात्रा छात्र लाइ झोला बितरण गरेको र अझै त्यस क्षेत्र मा बैकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैक पछि नपर्ने जानाकारी बैकका हेमजा शाखाका कर्जा प्रमुख इश्वर अधिकारीले बताए ।
हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक बासुदेब त्रिपाठी, बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, बैंकका कर्मचारीहरु तथा बिधालय ब्यबस्थापन समितिका सदस्यहरुको समेत उपस्थितमा बिद्यालयको परिसरमा उक्त सामग्री सहयोग गरीएको हो ।कोरोना भाइरस कोभिड १९को महामारीको बेलामा आबश्यक दुरी कायम गर्दै कार्यक्रम भएको थियो

Abhinandan

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here