समाचार

गण्डकी बोर्डिङका भु पु विद्यार्थीद्वारा सहयोग

४ असार, काठमाडौं । पोखरा स्थित गण्डकी बोर्डिङ स्कूलको भुतपूर्व विद्यार्थी हरुको सँगठन पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एसोशियसन (एग्बोसा, काठमाडौं)ले आज बिर अस्पताल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री बितरण गरेको छ ।
उक्त स्वास्थ्य सामग्रीहरु एग्बोसा,काठमाडौंकी अध्यक्ष डा. सुजिता हिराचनले बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोस पौडेल लाई प्रदान गरिन् ।
एन ९५ माक्स, सेनिटाइजर , सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल् डलगायतका स्वास्थ्य सामग्रीहरु दुबै स्वास्थ्य संस्थालाई प्रदान गरिएको
थियो ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने हेतुले एग्बोसा, काठमाडौंले आफ्ना सदस्यहरु मार्फत सहयोग जुटाएर उक्त स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो ।
यसपछी टीचिङ अस्पताल र उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनि उस्तै खालको सहयोग प्रदान गर्ने संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले बताइन् ।
उक्त अबसरमा पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एसोशियसनका सदस्य तथा बीर अस्पतालमै कार्यरत डा. अनिल बराल, डा. दीपक मल्ल, डा. अपार रायमाझी र एग्बोसा, काठमाडौंका सदस्य पूर्ण पन्त लगायतको उपस्थित थियो ।
उक्त अबसरमा बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोस पौडेलले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा एग्बोसा, काठमाडौंलाई आभार प्रकट गरे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here