पोखरा।।। स्याङ्जा को गल्याङ नगरपालिका वडा नं ९ स्थित साङ्लियामा शनिबार राती १२:३० बजे पहिरोका कारण यमबहादुर बिकको मृत्यु भएको छ।
भारी बर्षाका कारण गएको पहिरोले गर्दा बि क कै श्रीमती फुलमाया बिक गम्भीर घाइते भएकी छिन।
लगातार बर्षाले गर्दा बि क को घर पछाडिको बारिको ढिस्को खसेको थियो उक्त ढिस्को घर पछाडिको भितामा ठोक्किदा बिक का श्रीमान श्रीमती पुरिएका थिए। बिक का छोरा रमेश बिक र छोरी सरिता बिक भने सकुशल रहेका छन।
पहिरो मा पुरिएका यमबहादुर बिकको घटना स्थल मै मृत्युु थियो। घटना घटेको केही क्षण मै स्थानीयहरुले बिक का श्रीमान श्रीमती लाई गल्याङ सामुदायिक अस्पताल, बल्पुक मा लगेका थिए।
यम बहादुर बिक लाई गल्याङ सामुदायिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ। बिक कि श्रीमती लाई थप उपचारको लागि पाल्पा को युनाइटेड मिसन अस्पतालमा सारिएको स्थानिय केदार खनाल ले माछापुच्छ्रे न्युजलाई जानकारी दिए।
Leave a Reply