मिति २०७७ पौस २१ गते कास्की जिल्लाको पोखरा स्थित छोरेपाटन, विभिन्न कालखण्डमा चर्चामा आइरहेको गौरवशाली शैक्षिक संस्था गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको विधान २०२७ को परिमार्जित विधान २०७३ अनुसार निहित अधिकारको प्रयोग गर्दै सर्वसम्मत रूपमा विद्यार्थीको भेला अनुरूप सभापति शिवम् शाही ठकुरीको नेतृत्वमा नेपाल विद्यार्थी संघ मूल इकाई कार्यसमिति विस्तार गरिएको छ। शिवम् शाही ठकुरी गुप्तेश्वर क्याम्पसका उर्जाशील युवा विद्यार्थी नेतृत्त्व गर्ने लोकतन्त्र प्रेमी विद्यार्थी हुन्।
क्याम्पसमा शैक्षिक गुणस्तर मा सकारात्मक परिवर्तन ल्याउन, प्रशासनलाई काम व्यवहारमा आवश्यक परेको खण्डमा सघाउन, विद्यार्थीको हकमा हितको निम्ति जस्तो सुकै चुनौती प्रति सामना गर्न नेपाल विद्यार्थी संघ इकाई को खाचो परेको विद्यार्थीहरू बताउँछन्।
संगठन निर्माण गर्न उक्त क्याम्पसका विद्यार्थी, शिक्षक, प्राध्यापक, नेवि संघका विभिन्न दायित्वमा
रहेका प्रतिनिधि, स्थानिय र अग्रज व्यक्तित्त्व हरुको अतुलनिय भूमिका रहेको उनीहरू बताउँछन्।
यस्तै संगठनको निर्माण मा सहयोग गर्दै आउनुभएका नेविसंघ जनप्रिय क्याम्पसका सभापति नसिब गुरुङ ले कार्यसमितिलाई बधाई दिँदै विद्यार्थीको लागि सहयात्रीको भूमिका निर्वाह गर्नुपर्ने मा जोड दिनुभयो। सोही क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेलले इकाई लाई जस्तो सुकै बाधा सामना गर्नु परे पनि डटेर लड्न, वैचारिक राजनीतिको धार विस्तार गर्न र आफू सधैं साथ दिने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थीको बाक्लो उपस्थिति थियो। अन्त्यमा आफूलाई सुझाएका एबम आफूले सकरात्मक ढंगले अगाडि बढ्ने भन्दै गुप्तेश्वर क्याम्पसका भावी सभापति शिवम् शाही ठकुरीले प्रतिबद्धता जनाए।
Leave a Reply