समाचार

जनताको पिडामा मलम लगाउन सरकारलाई नसिव गुरुङको सुझाव

नेवि संघ जनप्रिय क्याम्पसका सभापति नशिव गुरुङ्गले सत्ता र शक्तिको आडम्वर त्यागेर र अहंकारको घडा एकातिर राखेर जनताको पिडामा मलम लगाउने काममा ध्यान दिन सरकारपक्षलाई आग्रह गरेका छन । गुरुङले प्रेस विज्ञप्ति जारी गर्दे प्रधानमन्त्री केपि शर्मा ओलीलाई आन्तरिक पार्टी स्वार्थ संघषको ताण्डव नृत्य हटाई देशको समस्या समधानको लागि अन्तर्राष्ट्रिय जगतसँग सम्बन्ध सन्तुलित हुने गरि सार्वभौमिकता रक्षाका लागि राष्ट्रिय स्वार्थ मा केन्द्रित भएर साझा र ससंक्त उद्देश्य बनाउन लाग्न पनि खबरदारी गरेका छन् र राष्ट्रियता पनि निरपेक्ष बनाउने उक्त प्रावधान तत्काल फिर्ता लिन माग राखेका छन् ।

उनले पछिल्ले समयमा भारत र चीनद्वारा सिमा अतिक्रमण र बलमिचाई गरेर नेपालमाथि धावा बोलेको कुरामा कमजोर कुटिनितिक र परराष्टनिति, देशको लािग नै घातक हुने भन्दै भत्सना व्यक्त गरे ।
साथै उने कोरोना संक्रमणको मनोवैज्ञानिकर डर भएर जनता त्रसित भएको बेला कतै राष्ट्रियता माथिनै प्रहार पो हुने होकी भनि शंका व्यक्त गरे । उनले यस जटिल परिस्थितिमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट जुनसुकै सेवाबाट पनि पररराष्ट्र सचिव बन्नसक्ने आत्मघती प्रावधान पारित भएको मा ने वि संघको गम्भीर ध्यानाकाएण भएको बताएका छन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here