समाचार

जन्म दिनको उपलक्ष्यमा दिफान भुजेलले गरे ३० जना विद्यार्थी निशुल्क पढाउने निर्णय

पोखराको स्पाइरल ग्यालेक्सी माध्यमिक विद्यालयले अब हरेक बर्ष ३० जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा पढाउने भन्ने निर्यण गरेको छ । स्पाइरल ग्यालेक्सी स्कुलका फाउण्डर डिफन भुजेलले आफ्नो जन्म दिनको पावन अवसर पारी आफ्ना हजुरबुबाको स्मृतिमा र स्व. प्रधानाध्यापकको स्मृतिमा गण्डकी प्रदेशका विभिन्न ५ जिल्लाका विकट एवम् गाउपालिकाका विद्यालयहरुमा अध्ययन गर्दै आएका भएका ३० जना विद्यार्थीहरु अब निः शुल्क पढाउने उद्घोष गरेका छन्।

सामाजिक विकास संगै शैक्षिक विकासको ज्योति गाउँ गाउँ बस्ति बस्ती सम्म पुग्नु पर्छ भन्दै गरिब एवं जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने निर्णय गरेका छन । यसै शैक्षिक वर्ष देखि लागू हुने गरि गण्डकी प्रदेशका ५ जिल्लाका विभिन्न गाउपालिकका ३० विद्यार्थीहरुले उक्त कोटामा निः शुल्क अध्ययन गर्न पाउने भएका छन। जस्मा कास्की जिल्लाका ४ ओटै गाउपालिकाका ४/४ जना विद्यार्थीको हिसाबले १६ जना तनहुँ , स्याङ्जा र लम्जुङका विभिन्न पालिका बाट ३/३ जनाका दरले ९ जना साथै यस स्पाइरल विद्यालयका पुर्व प्रधानाध्यापक स्व. नारायण प्रसाद चापागाईंको पर्बत जिल्लाको उहाको गाउपालिका बाट २ जना र अन्य पालिकाहरु बाट ३ जना गरि ५ जनालाई निशुल्क पढाउने निर्णय भएको छ । सो ३० जना विद्यार्थीहरु मध्ये १५/१५ जना छात्र र छात्राले अध्ययन गर्ने अवसर पाउनेछन । उप्त विद्यार्थीहरुको छनोट संबंधित जिम्मामा प्रवेश परिक्षा लगेर गराइनेछ र उत्कृष्ट अन्क ल्याउनेले पाउनेछन । साथै हालसालै कोभिड महामारीमा परेर आफ्नो अभिभावक गुमाउनु भएका विद्यार्थीहरुलाई पढाईमा थप प्रोत्साहन दिदै त्यस्ता विद्यार्थीलाई पनि विशेष किसिमको आधा अथवा पुर्ण छात्रवृत्तिको ब्यवस्था गरिनेछ ।बिश्व महामारीमा शिक्षा बाट कोहि बन्जित नहुन र नछुटुन भनेर उप्त छात्रवृत्ति प्रदान गरेको संस्थापक डिफन भुजेलले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here