काठमाडौं । प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।
केपी शर्मा ओली अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ। प्रधानमन्त्री ओलीको अकाउन्टमा एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको भिडियो क्लिप राखिएको छ।
उनको अकाउन्ट अहिलेसम्म दुई हजार ११० जनाले फलोगरेका छन् भने साढे ११ हजारले लाइक गरेका छन्। भिडियो एक लाख ६२ हजारले हेरेका छन्।
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको नामको पनि पनि टिकटक एकाउन्ट छ। तर, उनको सचिवालयले भने एकाउन्ट आधिकारिक नभएको बताएको छ।
Leave a Reply