समाचार

ठगलाई सबक सिकाउन झापड हाने ः मनाङे


पोखरा, ८ माघ
गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको प्रतिक्रिया दिएका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर मनाङेले ठगलाई सबक सिकाउन झापड हानेको प्रतिक्रिया दिएका हुन् । ‘यो मान्छे नामूद ठग रैछ । मैले एक झापड हान्दिएँ,’ उनले भने, ‘मुख्यमन्त्री कप भइरहेको छ । यसलाई मुख्यमन्त्रीले हान्नुपर्ने मैले पो हानेँ ।’
मंगलबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि उनीहरू २ बीच भनाभन भएको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए ।
‘झापड हान्न हुन्थेन भनेर धेरैले सोधे । ए बाबा झापड हान्ने कुनै निकाय हुन्छ’ उनले भने । ‘मलाई यसलाई कुट्दा राम्रो लागेको छ,’ उनले भने, ‘ठग्नेलाई कुट्दा मजा लाग्छ। उसले प्रहरीकोमा जाहेरी दिए, ५० वटा जाहेरी दिन्छु ।’
उनले हिजो एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई नभेटेर नकुटेको प्रतिक्रिया पनि दिए । ‘आज मेरो रिस मरिसक्यो हिजो मैले कर्मा छिरिङलाई हान्थेँ, अनि उही कर्माले बनाएको ठग अध्यक्ष प¥यो ।’
उनले एन्फाका अध्यक्ष गुरुङले गत वर्ष भएको मनकामना केबलकार कपका विजेताहरूलाई पुरस्कार नदिएको आरोप पनि लगाए। त्यस्तै उनले खेलको टाइसेट बनाउँदा मिलिमतो गरेको आरोप पनि लगाए ।
‘टाइसेट बनाउने पनि नियम हुन्छ । एन्फाका जिल्लाका अध्यक्षहरू बसेर बनाउनु पर्छ उसले एकलौटी बनाएको छ,’ उनले भने, ‘टाइफिक्सिङ पहिलो पटक देख्दै छु ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here