समाचार

थकाली सेवा समिति, युके द्वारा “बाच र बचाउ” अभियानलाई सहयोग

हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालीकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सञ्चालित “बाच र बचाउ” अभियानका लागि थकाली सेवा समिति युके ले दुई लाख पच्चीस हजार रूपैया सहयोग गरेको छ।
मुस्ताङमा पनि कोरोना संक्रमण देखिन थालेपछि थासाङ गाउँपालीका युवाहरूले स्थानीय युवा अबिनास गौचनको संयोजन “बाच र बचाउ” अभियान सुरु गरेका थिए। यो अभियानमा स्थानीय तथा बैदेशिक रोजगारीको शिलशिलामा रहेका विभिन्न ब्याक्तिहरू तथा विभिन्न संघसंस्थाले सहयोग गर्दै आइरहेका छन् यसै शिलशिलामा जर्मन बाट प्रीतम शेरचन लगायतका युवाहरूले पनि रू।८३ हजार यो अभियानलाई सहयोग गरेका छन्। हाल थासाङ गाउँपालीकामा लगभग बत्तिस सय जनसंख्या रहेको छ र थासाङ गाउँपालीकाका सम्पूर्णलाई साबुन र माक्स पनि बितरण गरिरहेको कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचन ले जानकारी दिए।
सञ्चालित अभियानले संक्रमित बिरामीको उपचारमा अति आवश्यक पर्ने औषधिहरु पटक पटक उपलब्ध गराउने गरेको र यसले संक्रमित बिरामिको उपचारमा ठुलो सहयोग मिलेको लेते प्राथमिक स्वास्थ केन्द्रका ईन्चार्ज डाक्टर लक्ष्मण थापाले बताए।
थकाली सेवा समिति युकेले जुन सहयोग गरेको छ यो सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै थकाली सेवा समिति युकेका अध्यक्ष खिम गौचन र समितिका सक्रिय सदस्य नगेन्द्र गौचन तथा जर्मन बाट सहयोग गर्ने प्रीतम शेरचन तथा उनको टिमलाई थासाङ गाउँ पालिका का प्रशासकिय अधिकृत सन्तोष खत्रि , कार्यपालीका सदस्य नवीन शेरचन ,नरेन्द्र शेरचन तथा अभियानका संयोजक अबिनास गौचनले धन्यवाद व्यक्त गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here