समाचार

दिगो सप्ताह पोखरा विश्वविद्यालयले “Sustainability Series 2021” कार्यक्रम गर्दै

“Sustainability Week Pokhara University”

आजको यस एक्काइसौं शताब्दी को युग वातावरण प्रदुषण,जलवायु परिवर्तन जस्ता संवेदनशिल समस्याहरुको सामना गर्दै भावी पिँढिको लागतमा बाँचिरहेको छ। अधिक दिगो जिवनशैलिको लागि युवा पुस्ताहरुलाई उच्च शिक्षाको समयमै सचेत गराउने उदेश्य बोकेर “दिगो सप्ताह काठमाडौं” को स्थापना गरिएको थियो र यसै संस्थाको शाखाको रुपमा दिगो सप्ताह पोखरा विश्वविद्यालयको स्थापना 2020 मा मोइज खानको अध्यक्षतामा भएको थियो।

 

हाल यस संस्थाको कार्यकारी सदस्यमा पोखरा बिस्बबिध्यालयमा अध्यनरत ८ जना सदस्यहरु छन। पब्लिक हेल्थको अन्तिम बर्ष मा अध्यनरत अनामिका तिवारी यस सन्स्थाको प्रोग्राम को ोडिनेटर हुनुहुनछ। साथै हेल्थ साइन्स्को क्याम्पस अम्बासडरको रुपमा पब्लिक हेल्थ अन्तिम बर्षमा अध्यनरत निर्देस बराल हुनुहुन्छ । येसै गरि इन्जिनियरिङ तर्फबाठ क्याम्पस प्रतिनिधि रिवाज भुर्तेल हुनुहुन्छ ।उहाँ हाल कम्प्युटर इन्जिनियरिङअध्यन गर्दै हुनुहुन्छ।

 

येस्तै डेभलपमेन्ट एनड सोसियल इन्जिनियरिङ बाट क्याम्पस प्रतिनिधि कृसा सिग्देल हुनुहुन्छ । कन्टेनट राइटर को रुपमा बि.पि.टि प्रथम बर्षमा अध्यनरत आकृति शर्मा हुनुहुन्छ।यस्तै कमयुनिकेसन अफिसरमा सेल्ताज कुवर र एलिना शर्मा हुनुहुन्छ ।

 

यस सस्थाको मेडिया पार्टनरको रुपमा माछापुच्छ्रे न्यूज र ग्राफिक्स डिजाइनिङ पार्टनर एम्स ग्राफिक्स रहेको छ। यस संस्थाले आगामी कर्याकालमा पोखरा बिश्वबिद्धालयका आङ्गिक क्याम्पसहरुमा पनि आफ्नो शाखा बिस्तार गर्ने योजना रहेको बताएको छ। यस संस्था अन्तरास्ट्रिय दिगो सप्ताह” मा आधारित एक गैरसरकारी, गैरनाफामुलक संस्था हो र यस संस्थाले दिगो बिकासको सिद्धान्तमा आधारित भएर विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता गरेको छ। यहि अनुरुप यस संस्थाले हाल “Sustainability Series 2021” सुरु गरेको छ।

 

कार्यक्रमको पहिलो शृङ्खलामा गेस्ट स्पिकरको रुपमा ‘KUSAL NEPAL’ को अध्यक्ष मिस कुसुम के सि हुनुहुन्थ्यो। “Mentally Coping with Covid-19” नामक पहिलो शृङ्खलामा उहाँले मानसिक स्वास्थको बारेमा आफ्नो तर्क राख्नुभएको थियो । उहाको अनुसार कोरोना भन्दा कयौं गुणा बढी रोग प्रतिरोधात्मक क्षमता हामी सग छ, हाम्रो मनोबल र गति केबल डरको कारण कमि हुन्छ र हामी बिरामी हुन्छौं । साथै सोही कार्यक्रममा प्रमुख अतिथी दिगो सिद्धान्त काठमाडौको अध्यक्ष दाइ आशिष लामिछाने हुनुन्थ्यो ।कार्यक्रम सञ्चालन सेलताज कुवरले गरनुभएको थियो भने समापन ‘SWK-PU’ को प्रोग्राम कोओडिनेटर अनामिका तिवारीले गर्नुभयो ।

साथै सिरिजको दोसो कार्यक्रम “Nutrition Challenges During Covid-19” जेठ १ गते सम्पन्न भएको थियो। यस कोरोना महमरिको बेलामा स्वास्थ्य रहनको लागि पोषण युक्त खानेकुराको बारेमा चर्चा गर्नको लागि हामी सग गेस्ट स्पिकर हेअल्थ्य केयर सेन्टर बाल्बाटरका सन्चाल्क प्रतीक डङोल हुनुहुन्थ्यो । उहाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि पोसक खाना , व्यायाम र आत्मबल नै अति आब्स्यक हुने बताउनु भयो। कार्यक्रम संचालक आकृति शर्मा हुनुहुन्थ्यो भने समापन निर्देश बराल ले गर्नुभयो। दिगो सिरिज 2021 लाई निरन्तरता दिदै जेठ ९ गते जैबिक विविधता दिवस को अबसरमा “Biodiversity and Eco- Tourism: Protecting our Common Future” नामक कार्यक्रमको अर्को शृङ्खला पनि सफलता पुर्बक हिजो मात्र सम्पन भयो। युबा बिकास र पर्यटन सम्बन्धि एक दशक लामो अनुभवी साथमा ‘Dokomart’ को मेनेजर सुबास मल्ल उक्त कार्यक्रममा गेस्ट स्पिकर हुनुहुन्थ्यो।

उहाको अनुसार पर्यटन ब्यबसाय भनेको बाताबरण संरक्षण, संस्कृती जगेर्ना र गरिबी निबारण साथै बेरोजगार समस्या अन्त्य गर्नको लागि मुख्य कारक हो। कार्यक्रमको संचालक आकृति शर्मा हुनुहुन्थ्यो भने समाप्त एलिना शर्माले गर्नुभयो । दिगो सिरिज 2021 को निरन्तरतामा अब आउदो कार्यक्रम “Menstrual Hygiene” सम्बन्धि जनचेतना जगाउने उदेश्यले केही प्रभावसाली महिलाहरुको महिनवारी सम्बन्धी अनुभव र जानकारि साथमा यसतो गार्हो अवस्थामा उनिहरुलाइ के कसरी व्यबहार र सहयोग आफ्नो परिबार बाट पाएका छन भन्न्ने कुराहरु सेयर गर्ने छ्न। महिनावरी भएको बेलामा स्वास्थ र सरसफाइमा विशेष ध्यान पुराउने पर्ने हुन्छ यहि बिसयमा विशेष छ्लफल गर्न र जनचेतना फैलाउने उदेश्यले यस संस्थाले आउदो शनिवार डा. सुरेखा सङ भर्चुअल गोष्ठी कार्यक्रमको आयोजना पनि गरेको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here