समाचार

दीपक मनाङेद्वारा गुरुङमाथि हातपात


पोखरा, ७ माघ
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ । प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेका अध्यक्ष गुरुङलाई मनाङेले झापड हानेका थिए ।
‘सांसद मनाङेले मनाङबाट आएका खेलाडीले १ सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । हामीले दिन सक्दैनौं भनेपछि हातपात गरे’, अध्यक्ष गुरुङले भने । खबरहबसँग कुरा गर्दै अध्यक्ष गुरुङले भने, ‘उहाँले म माथि जे जस्तो व्यवहार गरे पनि मैले सांसदको अपमान गर्न चाहिनँ । आज खेलको उद्घाटन भएकाले केही गरिनँ, अब कानूनी बाटो रोज्छु ।’
मनाङबाट खेल्न आएका खेलाडीलाई खान तथा बस्नका लागि पैसा दिनु त परको कुरा खेल्ने ग्राउण्डसमेत नदिएको आरोप लगाउँदै सांसद मनाङले भने, ‘व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झापड हानेको हुँ ।’
मुख्यमन्त्री कप लेखनाथको भण्डारढिकमा मंगलबारदेखि शुरु भएको हो । मनाङको खेल बुधबार शुरु हुनेछ । प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here