समाचार

दुर्लुङ्ग पहिरो पीडितलाइ ९ लाख ६४ हजार सहयोग हस्तान्तरण ।

पर्बत असार १३
पर्वतको दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दुस्खद घटनामा केहि भएपनि राहत होस् भनेर सहयोग संकलन गरेको दुर्लुङ्ग समाज युकेका अध्यक्ष रक्षा बहादुर गुरुङले बताउनुभयो । समाजबाट संकलित रकम तत्काल पीडित परिवारलाइ नेपाल पठाइएको आर्थिक संयोजक रक गुरुङ बिकासले जानकारी दिनुभयो ।
गएको जेष्ठ ३१ गतेको पहिरोबाट मृत्यु भएका ९ जनालाइ ७५ हजारका दरले ६ लाख ७५ हजार मृतकका परिवारलाइ हस्तान्तरण गरिएको छ । त्यस्तै पहिरोबाट क्षति भएका ३ परिवारलाई ३१ हजार १ सय ५० का दरले ९३ हजार ४ सय ५० र कोरोना महामारी लकडाउन बाट प्रभावित अति बिपन्न ५० परिवारलाइ २५ किलो चामल, ५ किलो दाल, ६ लिटर खाने तेल गरी १ लाख ९८ हजार बराबरको खाद्यान्न सहित कुल ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ को राहत प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ र नेपाली कांग्रेसका पुर्व पार्टी सभापति नवराज गुरुङले एक कार्यक्रमका बिच संयुक्त रुपमा बितरण गर्नुभयो ।
राहत वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले विपतमा मानवीय भावनाले सहयोग गर्ने दुर्लुङ्ग समाज युकेलाइ धन्यवाद दिनुभयो । त्यस्तै सांसद गुरुङले आफ्नो गाउँमा भएको ठुलो घटनाले आफु लगायत सबैलाई दुखी बनाएको बताउँदै अब शोकलाइ शक्तिमा बदलेर जिउन सबैलाई आग्रह समेत गर्नुभयो । सांसद गुरुङले दुर्लुङ्ग पहिरो पीडितलाइ उचित क्षतिपूर्ति र पुनर्स्थापनाका लागी आफुले संसदमा जोडदार कुरा उठाएर सरकारको ध्यानाकर्षण गराएको समेत बताउनुभयो । त्यस्तै गुरुङले यो बिपतको घडीमा केहि ब्यक्तिहरुले शक्ति र सत्ताका भरमा राजनीति गर्न खोज्नु दुस्खद भएको समेत बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङले कोरोना भाइरसले बिश्व आक्रन्त भएको बेलामा आफ्नो पसिनाले कमाएको पैसा र गास कटाएर पीडितलाई सहयोग गर्ने दुर्लुङ्ग समाज युकेका दाजुभाइ दिदीबहिनी चेलीबेटीहरु प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै ठाउँबाट यस्तै मानवीय भावनाले सहयोग गर्न आग्रह गर्नुभयो । नेता गुरुङले आफुले घटना घटेको दिन देखी नै विभिन्न पहल गरि दुर्लुङ्गमा २ दिनमै राहत बोकेर आएको स्मरण गर्दै त्यसपछि धेरै ठाउँबाट सहयोग दिनेहरू आउन थालेको बताउनुभयो । गुरुङले आफु संधै जनताको दुखसुखमा संगै रहेको समेत बताउनुभयो ।
राहत बितरण कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, दुर्लुङ्ग समाज युकेका संस्थापक अध्यक्ष दर्शन गुरुङ, सल्लाहकार थमन बहादुर गुरुङ, लगायतले बोल्नुभएको थियो । राहत बितरण कार्यक्रमको संयोजक प्रितम गुरुङ को अध्यक्षता, कार्यक्रम बारे जानकारी तथा स्वागत प्रभु गुरुङ र संचालन नेपाली कांग्रेस दुर्लुङ्गका सभापति बालकृष्ण शर्माले गर्नुभएको थियो । कार्यक्रममा शस्त्र प्रहरीका एसएसपी सोम बहादुर गुरुङ, नेपाली सेनाका कर्नेल अर्जुन दुलाल, नेपाल प्रहरीका प्रतिनिधिहरु लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि र गाउँलेहरुको उपस्थिति रहेकोे थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here