समाचार

नायिका ऋचा शर्माकी आमाको निधन

 

काठमाडौं । लामो समय देखि बिरामी रहनु भएकी नायिका ऋचा शर्माकी आमाको निधन भएको छ । नायिका शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रिनादेवी शर्माको निधन भएको हो । ६७ बर्षको उमेरमा रिनादेवीको निधन भएको हो । उहाँको गएराती निधन भएको जानकारी दिइएको छ । नायिका ऋचा शर्मा केही हप्ता अगाडि मात्र वैवाहिक जीवनमा बाँधिनु भएको थियो ।

Photo : Reeccha Sharrma (Instagram)

उहाँले दिपेक्ष विक्रम रानासँग बिहे गर्नुभएको हो । ऋचाको बिहेको समयमा नै रिनादेवी बिरामी हुनुहुन्थ्यो । केही समय अगाडि नायिका शर्माले बिहेपछि पनि आमा बिरामी भएकाले आफू हस्पिटलमै बढी बस्ने गरेको बताउनु भएको थियो । पछिल्लो समय नायिका शर्मा नेपालमा भर्खर सुरु भएको कमेडी च्याम्पियनमा जजको भुमिकामा हुनुहुन्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here