समाचार

नेबि संघ पियुले भब्य मनायो किसुनजीको जन्म जयन्ती

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितीले कृष्ण प्रसाद भट्टराईको ९७ औ जन्म जयन्ति दीप प्रज्वलन गरेर मनाएका छन् ।
पुर्ब कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आथित्व भएको कार्यक्रम पोखरा बिश्वबिद्धालय केन्द्रिय कार्यलय भित्र भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितिका सभापति फिरोज सुबेदीको सभापतित्व भएको थियो भने कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयका सचीव रमेश चन्द्र जोशीले गरेका थिय ।
उप्त कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब उपाध्यक्ष एवम पुर्ब मन्त्री यज्ञ बहादुर थापा , नेपाली कांग्रेस पोखरा महानगर समितीका अध्यक्ष बिश्वमोहन पौडेल , नेका कास्की क्षेत्र न १ क का उपसभापति दुर्गा सुवेदी , नेपाल तरुल दल कास्कीका उपाध्यक्ष दीपक गुरुङ यसै गरि ने बि संघ निबर्तमन केन्द्रीय सदस्यहरु भानु ढकाल र पुनम भट्ट लगायत स्थानीय तरुण नेताहरु सुबास भण्डारी र प्रकाश पुनको विशेष सहभागितामा कार्यक्रम भएको थियो ।
उप्त कार्यक्रममा ने बि संघ कास्कीका नेता प्रताप बानियाको पनि उपस्थिती थियो । साथै बाक्लो संख्यामा स्थानीय विद्यार्थी नेता कार्यकर्ताको सहभागी जनाएका थिय । युवा ब्यवसायी एवम् ने बि संघ नेता डिफन भुजेल , उपसभापति अशिम सुवेदी , सौरब जिसि लगायतका नेताहरुले सहभागीता जनाएका थिय ।यसै गरि प्रबिन ओझा , सन्देश खत्री , अभिनास अधिकारी , मनिस चौधरी पनि उपस्थित थिय । ने बि संघ पियुका बरिस्ठ उपसभापति दीपेन्द्र गौतमले स्वागत मन्तव्य राख्दै किसुन जिले विद्यार्थी र बहुदलीय ब्यवस्था स्थपानामा महत्त्वपूर्ण भुमिका रहेको बताएका छन ।
नेपाल विद्यार्थी संघको जन्म दाता नै किसुम जि भएको नाताले पनि उहाँ हाम्रो लागि अबिस्मणिय पात्र भएको र जुगौ जुँगा हाम्रो माझमा उहाँ बाची रहनु हुन्छ सचिव जोशीले भन्नुभयो । निष्ठा र नैतिकताको खडरी लागेको मुलुकले यस्ता निष्ठावान नेताहरु बाट बर्त्मान नेताहरुले पनि पाठ सिक्नु पर्ने कुरा विशेष रहेको सचिव रमेश चन्द्र जोशीले भनेका छन । साथै स्थानीय दाइहरुको साथ सहयोगले ने बि संघ पियु अझि शसक्त भएको कुरामा पनि जोशीले जोड दिएका छन ।
कार्यक्रमका प्रमुख अथिती पुर्ब मन्त्री थापाले विद्यार्थीहरुको यस्तो जोस र जागार पाए आफुले देश नै बदक्न सक्ने र जुन जुकै क्रान्ति गर्न साहस हुने उद्घोष गरे ।किशुन जि सदैब आफ्नो मन मुटुमा भसिरहेको भनी भावुक हिदै स्मरण समेत गरेका छन । कार्यक्रमका अन्य बक्ताहरुले पनि किसुन जि जस्तो निष्ठा र नैतिकवान नेता बन्नु पर्ने कुरामा जोड दिएका छन । अन्तिममा कार्यक्रमको समापन गर्दै मुल इकाई समितिका सभापति फिरोज सुबेदीले हिजो पनि ने बि संघ जस्तो सुकै घडीमा पनि देश र जनताको लागि लडेको र अझ नि आवस्यकता अनुसार ने बि संघ सडकबाट होस या कलम र मसाल उठाएत होस निरकुश कम्युनिस्ट शासन पद्धतिको बिरुद्दमा लड्ने उद्घोष गरे।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here