समाचार

नेविसंघ पोखरा–२३ मा पराजुली

पोखरा, १८ फागुन

नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका वडा नंं २३ समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संघसभापतिमा सुजन पराजुली चयन भएका छन् । संघको उपसभापति मनिष पौडेल, अनिशा देवकोटा, सागर पौडेल, चन्दन पराजुली सचिवमा दिपिका घताने, सहसचिव रविन्द्र पराजुली, कोषाध्यक्षमा पर्वत भण्डारी चयन भए । यसैगरी कार्यसमिति सदस्यमा क्रमशः सुजन पराजुली, नितेश चापागाई, टिकाराम विक, प्रताप पराजुली, निराजन पराजुली, उत्तम भण्डारी छन् ।
कार्यक्रममा नेविसंघका कास्की जिल्लाका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद पौडेल र नेता पशुपति भट्टराई सहभागी थिए । उक्त अवसरमा नेता पौडेलले युवा विद्यार्थीको काँधमा ठूलो जिम्मेवारी आइपुगेको भन्दै देशमा पूर्ण संकट आईपरेको र त्यसको समाधान गर्न पनि नेविसंघले नै आवश्यक पर्न बताए ।
अर्का नेता भट्टराईले सारंगी रेटेर मुरली बजाएर पार्टी नेतृत्वको एकताको संकेत दिएको नेकपाले प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा काटेर दिएको सन्देशसंगै संसदीय पद्धति र प्रक्रिया बाहिर निर्वाचित सत्तासिन सांसदकै कदमले यो व्यवस्था र स्ववियु निर्वाचनको अनिश्चितता पुष्टि गरेकोप्रति आपत्ति जनाए । उनले यो व्यवस्था जोगाउने जिम्मेवारी नेविसंघको काँधमा आएको बताए ।
कार्यक्रममा नेताहरू राजिव पौडेल, अस्मिता घताने, रतराज भण्डारी, धन बाहादुर गुरुङ्ग,मोतिलाल पराजुली, प्रेम पराजुली, सुमित पराजुली, विनय पौडेल, शिव बुढाघरे, पवन अधिकारी, विशाल पराजुली, किरण बराल, अभिनन्दन बाजिमय, विवेक पराजुली, पोखरा माहानगरपालिका वडा नं २३ का सभापति जीवन भण्डारी, वडाध्यक्ष विष्णु पराजुली लगायतले बोलेका थिए ।
कार्यक्रममा नेविसंघ कास्की क्षेत्र नं ३ का निवर्तमान अध्यक्ष सुमित पराजुलीले बहुमत र स्थिरता अन्तरसम्बन्ध नरहेको र त्यसको पुष्टि पुजीगत खर्चले देखाएको भन्दै विकासमा अवरोध स्रोत साधनको कमि भन्दा पनि सरकारको नेतृत्वको असक्षमता कारण रहेको बताए ।
ने.वि.संघ पोखरा माहानगरपालिका वडा नं २३ का सचिव एवंम उक्त अधिवेशन कार्यक्रम सञ्चालक विबेक पराजुलीले किताबमा कर आर्थिक पक्षमात्रै नभइ नितिगत पक्षपनी भएकोले ज्ञान माथिको बिर्कोले निशासिएर बिद्रोह जन्मने बताए साथै पराजुलीले पद अवसर मात्र होइन त्यो भन्दा बढी जिम्मेवारी र दायित्व हो भन्दै नव निर्वाचित कार्यसमितिलाई बधाई एवंम शुभकामना दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here