समाचार

नेविसंघ रुपा गाउँपालिमा गुरुङ्ग

नेपाल बिद्यार्थी संघ (नेबिसंघ) रुपा गाउपालिका कास्किले संगठन विस्तार गरेको छ। नेविसंघ रुपा गाउपालिकाको भेला मार्फत उक्त कार्यसमिति विस्तार गरेको हो।

नेपाली काङ्ग्रेस कास्की नेता प्रकाश मोहन खनालको प्रमुख अतिथ्यता, नेपाली काङ्ग्रेस रुपा गाउपालिका सभापति सु. तुल बहादुर गुरुङ्गको विशेष अतिथ्यता, नेपाली काङ्ग्रेस नेतृ गिमाया गुरुङ्ग, लक्ष्मण थापा र नेपाली काङ्ग्रेस क्षेत्र नं १ क्षेत्रीय सदस्य लिला माया सुवेदिको विशेष अतिथ्यता र नेविसंघ नेता बिकल ओझा लगाएत विधार्थीको उपस्थितमा नेविसंघ रुपा गाउँपालिकाले संयोजक सुमिर जंग गुरुङ्गको सभापत्तित्व सहित २१ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको छ। भेलाबाट सभापतिमा श्री सुमिर जंङ्ग गुरुङ्ग, उपसभापति क्रमश प्रविन ओझा, विक्रम गुरुङ्ग, चुमन गुरुङ्ग कार्यसमिति सचिबमा सुजी मगर, सहसचिवमा स्वतन्त्र पौडेल, सदसयहरु क्रमश रितेष सुवेदी, योगेश मल्ल, जोतिका कुमाल, सुशान कुमाल, प्रमोद भुजेल, बिजय गुरुङ,सुमन बस्याल, असिम घिमिरे, फिरोद दिन मियाँ, सिमा गुरुङ्ग, विशाल बि.क चयन भएका छ्न। “पद अवसरमात्र होइन जिम्मेवारी पनि हो।

 

गरिमामय इतिहासको गाथा बोकेको संगठनको जिम्मेवारीले थप कर्तव्यबोध गराएको छ। यो जिम्मेवारी प्रती सम्पुर्णमा हार्दिक आभार एवंम कृतज्ञता व्यक्त गर्दै गतिशिल संगठनको लागि मेरो नेतृत्व प्रतिबद्धता रहने कुरा जानकारी गराउदछु।” निर्वाचित सभापति गुरुङ्गले बताए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here