समाचार

ने बि संघ पियुले गर्यो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिद्या देबि भण्डारीले मध्यारातमा गरेको प्रतिनिधि सभाको भङ्गको विरुद्धमा नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिले प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा नाराबाजी सहित पुत्ला दहन गरेका छन ।
देश कोरोना भाइरसले आक्रन्त भएको बेला झन मुलुकको संविधानको हत्या गर्न खोज्नुले लोकतान्त्र माथी ठूलो प्रहार भएको उपस्थित ने बि संघ नेता डिफन भुजेलले बताए । सरकारको बर्तमान प्रतिगमन संविधानमाथीको चिर हरणलाई रोक्न नसकेर आफुहरु प्रतिकारमा उत्रिनु परेको सभापति फिरोज सुबेदीको भनाइ रहेको थियो । लामो सङ्हर्ष पश्चात् नेपाली जनताले बनाएको संविधान माथीको पटकपटकको हस्तक्षेप नेपाली जनतालाई असय भएको र यस्को विरुद्धमा डटेर लड्ने मुल इकाइ कमिटी सचिव रमेश चन्द्र जोशीले बताए।

प्रतिगमनलाई परास्त गर्ने र कोरोना महामारीमा नियन्त्रणमा सरकारको ध्यान जानू पर्ने उपसभापतिहरु दिपेन्द्र गौतम , राघब तिवारी र असिम सुबेदीको टिप्पणी रहेको छ । साथै जुलुसमा नेताहरु प्रबिन ओझा , सरोज शाह , मदन साउद, शेखर चन्द , हेमन्त खड्का, निरज चन्द लगायतको उपस्थिति थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here