नेपाल विद्याथी संघका नेता पशुपति भट्टराईले पोखरा वृद्धआश्रममा औषधी तथा खाद्यान्न सहयोग गरेका छन् । उनले भिटामिन बी कम्प्लेक्स, कफ सेरम र प्रेसरको औषधी तथा खाद्यान्न सहयोग गरेका हुन ।
उनले ने वि संघले आफ्नो स्थापना दिवसको अवसर पारेर वृद्धाश्रमलाई दिइने गरेको खाद्यान्न सहयोग गरेका बताए । खाद्यान्न राहत नभई प्रत्येक वर्ष ने.वि. संघले वृद्धाश्रमलाई दिने नियमित सहयोग भएको विद्यार्थी नेता शिव बुढाघरेले बताए ।
नेवि संघ नेता पशुपति भट्टराईले ५ वोरा चामल, १ कार्टुन तेल र ५ प्याकेट नुन आश्रमलाई वार्षिक सहयोग गर्दै आएको बताए । उनले लकडाउनको कारण हिडन नमिल्ने भएपनि नियमित सेवन गर्ने प्रेसरको औषधी नै नभएपछि पैदल हिडेर भएपनि औषधी तथा खाद्यान्य सहयोग गरेको बताए ।
ने वि संघ नेता भट्टराइले गरे पोखरा वृद्धाश्रममा सहयोग

यस कार्यक्रममा आर्थिक नैतिक रुपमा सहयोग गर्नेऔषधी व्यवसायी क्रान्ति मुल्मी , सञ्चो मेडिकलका संचालक कृष्ण पाण्डे, ने.वि.संघ जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरु सन्जय पौडेल, किशोर भण्डारी, संजीव कंडेल, दिदीवहिनी फलफुल सप्लायर्स पृथ्वीचोकका संचालक रविन लामिछाने तथा समाजसेवी लक्ष्मण अधिकारी प्रति नेता भट्टराईले आभार प्रकट गरे |
Leave a Reply