समाचार

पर्बतको फलेबासमा गरियो बोरिङको सफल परिक्षण,टर्ने भयो पानीको समस्या।

पोखरा।।। पर्बत जिल्लाको फलेबास नगरपालिका-३ शङ्करपोखरी खानेपानीको चरम अभाव भएको ठाउँ हो।
पालिका कै ठूलो वडा तथा यसको वरपर दुइ तिर का सिमानामा खोलाहरु भएपनी भौगोलिक कठिनाइका कारणले पर्याप्त खानेपानी तथा सिचाइको समस्या टर्न सकिरहेको थिएन।खानेपानीको लागि घण्टौ लाइनमा बस्नु पर्ने यहाका स्थानीयहरुको मुख्य समस्या रहिआएको थियो।
यहि समस्यालाइ मध्यनजर गर्दै असार १२ गते शुक्रवार फलेबास नगरपालिकाको विशेष पहलमा उक्त स्थानमा १०६ मिटर जमिन मुनि बाट भुमिगत पानी निकालेको छ।
तराइ तथा समतल भुभाग र केहि सामन्य पाहाडी इलाकामा मात्र सम्भब देखिएको यो बोरिङ प्रबिधि यहाँ सफल परिक्षण गराएर नगरपालिकाले उल्लेखनिय कार्य गरेको छ।
बिगत दुई बर्ष देखि अध्यायन सुरु गरिएको यो योजनामा जमिनमुनी रहेको १०६ मिटर तल DHT boring मेसिनले काम गरिरहेको थियो।गएको बर्ष केही मात्रामा परिक्षण गरिएता पनी बजेट अभाबका कारण काम रोकिएको थियो।
उक्त रोकिएको योजनालाई यसबर्ष सम्पन्न गर्न फलेबास नगरपालिका सफल भएको छ।
यस सफल योजनाले गर्दा शंखरपोखरीका करिब ५०-६० घरदुरि हरु लाभान्वित हुने शंकरपोखरी नेकपा अध्यक्ष कमल भुषाल र बोरिङ खानेपानीका अध्यक्ष अशोक भुसालले माछापुच्छ्रे न्युजलाई जानकारी दिएका छन।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here