समाचार

पि एन क्याम्पसको प्रमुखमा नन्दलाल अधिकारी

त्रिभुवन विश्व्विद्यालय केन्दीय कार्यालयले आइतवारदेखि लागुहुनेगरी नन्दलाल अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको छ । क्याम्पसको प्रमुखको रुपमा रहदै आएका प्रा.डा. चन्द्रबहादुर थापाको चैत्र २८ गते अनिवार्य अवकाश भएपछि रिक्त पदमा अइतवार प्रमुखमा उपप्राध्यापक नन्दलाल अधिकारीलाई जिम्मेवारी दिइएको हो ।

Image may contain: 1 person, standing and outdoor
अधिकारी पृथ्वीनारायण क्याम्पसमा ८ वर्षदेखि सहायक क्याम्पस प्रमुख भई कार्यगर्दै आएका छन् । कास्कीको साविक धिताल गाविस अस्ताम निवासी अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएसँग क्याम्पसको शैक्षिक तथा प्रशासकिय सुधारमा परिर्वन अउने क्याम्पसका क्षेत्रगत व्यवस्थापनका विभागीय प्रमुख विष्णुप्रसाद भण्डारीले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here