समाचार

पि एन मा शहिद दिवस मनाइयो

देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गर्दे पि एन क्याम्पसमा शहिद दिवस मनाइएको छ । मानविकि संकायद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज  सहिद दिवस मनाइएको विद्यार्थी नेता सागर सापकोटाले बताए ।
सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो।सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो।
 
राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।
 
माघ १६ गते सहिद दिवसका दिन कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिएको विद्याथी नेता किरण बरालले बताए |
 
शिव वुढाघरेको संयोजकत्वमा आज बिहान पृथ्वी नारायण क्याम्पसको मानविकि भवन अगाडि बिहान १०ः०० बजे बाट भएको थियो । कार्यक्रममा सहितको स्मृतिमा मौन धारण समेत गरिएको थियो ।
 
नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ।त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद (शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई )सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको विद्याथी नेता शिव बुढाघरेले बताए ।
 
 पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेको भए पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन।विसं २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग गर्‍यो।
मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here