समाचार

पुनर्गठन, प्रथम भेला, अन्तरक्रिया, प्रशिक्षण तथा सम्मान कार्यक्रम समापन 

आज मिति २०७७ साल पौष ११ गते यस जिरो डाएप्टर क्लबद्वारा क्लबका अध्यक्ष श्री शिव तिवारीको अध्यक्षतामा आयोजित तथा क्लबकी सचिव श्री दिव्या उपाध्याय र सह-सचिव श्री जगदीश खनाल द्वारा संचालित पुनर्गठन, प्रथम भेला, अन्तरक्रिया, प्रशिक्षण तथा सम्मान कार्यक्रम समापन भएको छ !

 

कार्यक्रममा प्रमुख अतिथि, (सामाजिक अभियन्ता एवं सामुदायिक सेवा केन्द्र, पोखरा-१ बगरको तर्फबाट) श्रीमती कल्पना बाँस्तोला ज्यु , विशेष अतिथि, (२ बर्ष कै उमेर मा ड्रम-सेट बजाएर गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल) , श्री उत्प्रेम जोजिजु ज्यु अतिथि ज्यु हरु , सल्लाहकार पुनम राणा बस्नेत , नेतृत्व मंच पोखराका सह संस्थापक श्री आरोग्य मोहन काफ्ले, सामाजिक अभियन्ता, युथ थिनकर सोसाइटीका क्रियासिल सदस्य श्री पवन ज्ञवाली, श्री औसत पौडेल, नेतृत्व मंच पोखराकि सह संस्थापक श्री जयन्ति लामिछाने, गाएक तथा जोजिजु म्युजिक सेन्टरका प्रबन्ध निर्देशक श्रीमान बिनित जोजिजु, गायिका तथा जोजिजु म्युजिक सेन्टरकि प्रशिक्षक श्रीमती सानु जोजिजु, अन्य सामाजिक अभियन्ताहरु, र क्लब का सदस्य हरुको उपस्तिथी रहेको थियो ! कार्यक्रममा प्रमुख अतिथिले मन्तव्यको क्रममा क्लबको नाम र उद्देश्य अत्यन्त राम्रो र अर्थपूर्ण भएको र आउँदा दिनहरुमा क्लब लाई आगाडी बडाउने हिसाबले आफ्नो तर्फ बाट पूर्ण सहयोग रहने बताउनु भयो, त्यसै गरी कार्यक्रमका अतिथि श्री आरोग्य मोहन काफ्लेज्यु ले आफ्नो तर्फ बाट र आफ्नो संस्था को तर्फ बाट पूर्ण सहयोग गर्ने बताउनु भएको हो र अतिथि श्री पवन ज्ञवालीज्युले आफ्नो लक्-डाउन पछिकै पहिलो कार्यक्रम रहेको र यस कार्यक्रमको सुरुवाती क्षणमा नै क्लबको नारा (“Don’t Be Passive, Do Something”) बहुत मन परेको र आगामी दिन हरुमा पूर्ण सहयोग गर्ने बताउनु भयो। कार्यक्रममा मनोरञ्जनका लागि सानी नानि श्री उत्प्रेरणा जोजिजु ज्यु ले आफ्नो गीत को प्रस्तुति दिनु भएको थियो,

 

क्लबका क्रियाशील सदस्य श्री गौरव थापा मगरलेपनि गीत को प्रस्तुति राख्नु भएको थियो भने गाएक श्रीमान बिनित जोजिजु ज्युले पनि आफ्नो गीत को प्रस्तुति राख्नु भएको थियो , त्यसै गरी राष्ट्रिय माध्यमिक विद्यालय मा अध्यनरत बिमला सुबेदी, लगाएत ३ जनाले कार्यक्रममा नृत्य प्रस्तुत गर्नु भएको थियो। मनोरञ्जनकै क्रममा सर्प उद्धारकर्ता एवं आर जे श्री प्रविन पाण्डे ले क्यारिकेचर गर्नु भएको थियो ! कार्यक्रम मा विश्व रेकर्ड होल्डर श्री उत्प्रेम जोजिजु जियु लाइ समान गरि अन्त्यमा यस कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनुहुने सम्पूर्ण सहयोगी हात हरुमा आफ्नो व्यक्तिगत तर्फबाट र क्लब को तर्फ बाट हार्दिक आभार व्यक्त गर्दै आउदा दिन हरुमा समाजका लागि हित हुने कार्यहरु गर्दै अगाडी बढ्दै, समाजलाई तथा सम्पूर्ण देशलाई अगाडी बडाउन प्रयत्न गर्ने भन्दै सभाध्यक्षद्वारा कार्यक्रम को औपचारक रुपमा समापन भएको घोषणा गर्नु भएको थियो।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here