पोखरा।।। शनिबार तराइ क्षेत्रमा प्रवेश गरेको सलह किरा आज आइतबार पोखरा र स्याङ्जा का विभिन्न ठाउँ मा देखिएको छ।
आज आइतबार पोखराको नया यार्पोर्ट, पोखरा १७ बिरुवा फाट, रुपा गाउपालिका लगायत स्याङ्जा को वालिङ सम्म विभिन्न ठाउँ हरुमा सलह किरा देखिएको थियो।
दिनभर पोखराका धेरै ठाउँ मा देखिएको सलह किरा साझ पख पोखरा २२ पुम्दिकोट मा देखिएको विद्यार्थी नेता सुदिर बरालले माछापुच्छ्रे न्युज सग बताए।
पुम्दिकोट मा अहिले लाई एउटा मात्र सलह भेटिएको छ जहाँ हाल विशाल महादेब मुर्ती निर्माण कार्य भै रहेको छ।
कोरोना को त्रास भै रहेको अवस्था मा थप सलह किराको त्रास ले गर्दा स्थानियहरु त्रासमा रहेका छन।
मानिसहरुलाइ प्रत्यक्ष हानी नपुर्याए पनि यसले बालीनालीहरुलाइ सखाप पार्ने हुदा थप समस्या थपिने सम्भावना रहेको छ। खास गरि समूह मा रहदा बढी उत्तेजित हुने यो प्रजाती पोखरामा भने समूहमा भेटिएको छैन।
Leave a Reply