समाचार

पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान एक घाइते

 पोखरा फाल्गुन १३ पोखराको पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।
नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको हो । लाठीचार्जबाट नेविसंघ विज्ञान संकायका उपसभापति सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारको लागि मनिपाल अस्पताल लगिएको छ ।
विद्यार्थीले पृथ्वीनारायण क्याम्पस अगाडि १ घण्टा चक्का जाम समेत गरेका थिए सो क्रममा चक्काजाम अबज्ञा गरेको भन्दै बोलेरो, माइक्र्रो बसमा समेत ढुङगा प्रहार गरी तोडफोड गरेका थिए ।
शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थिती तनावग्रस्त बनेको नेविसंघले आरोप लगाएको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनको मुल गेटमा ताला बन्दी समेत गरेको छ। तलाबन्दी सगै बिध्यार्थिहरुले क्याम्पस प्रमुखको राजिनामाको माग गदै नारा बाजि समेत गरेका थिए। साथै बिहिबार बाट कास्की क्षेत्रका सम्पुर्ण बिद्यालय अनिश्चितकालीन बन्द गर्ने समेत बताएको छ । माघ ८ गते क्याम्पस परिसरभित्रै दुई विद्यार्थी संगठनबिचको झडपलाई लिएर स्ववियु उम्मेदवार समेत रहेका नेविसंघ नेता राजेश हमालसहित ८ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
उक्त घटनामा अनेरास्ववियुका दुई विद्यार्थी घाइते भएका थिए भने उपचारपश्चात उनीहरु डिस्चार्ज समेत भइसकेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here