समाचार

पृथ्वी नारायण क्याम्पसमा शिक्षक विद्यार्थी अन्तरक्रिया

पृथ्वीनारायण क्याम्पस पाेखराकाे नेपाली, अामसञ्चार तथा पत्रकारिता विभागका विभागीय प्रमुखकाे कार्यालयमा विभागीय प्रमुख र स्नातक तह पहिलाे वर्षका अामसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीबिच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
 
बिहान ७ बजेबाट २ घन्टासम्म सञ्चालन भएकाे साे कार्यक्रममा विभागी प्रमुख प्रा,डा,कुसुमाकर न्याैपानेले पठनपाठन लाई प्रभावकारी बनाउन गर्नुपर्ने गतिविधिका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
 
सो कार्यक्रममा पत्रकारीता विभाग प्रमुख न्यौपानेले अस्थाई शिक्षक आन्दोलनको कारण कक्षा संचालन गर्न कठिनाई आएको बताए । साथै उनले प्रविधिको उपयोग गरी कक्षा संचालन गर्नेगराउने जानकारी दिए साथै शिक्षकको पनि व्यवस्था भई सकेको जानकारी दिए । उक्त कार्यक्रममा गणेश बुढा, अभिनन्दन बजिमय, नविन क्षेत्री एवं अविरल लम्साल समेतका विद्यार्थी सहभागी थिए ।
 
पृथ्वी नारायण क्याम्पसका अस्थाई प्राध्यापकहरुले प्रशासनमा लामो समयसम्म ताला लगाउनुको कारण विद्यार्थीको भविष्य अन्योलमा रहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here