समाचार

पेशागत बिमा अभिकर्ता संघको रक्तदान

लेखनाथ, ११ माघ
पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एलआईसी पोखराको बार्षिक कार्यक्रम अन्तर्गत शनिवार राखेको खुल्ला रत्तदानमा ४६ युनिट रगत संकलन भएको छ । अभिकर्ताले विमा मात्र होईन सामाजिक क्षेत्रमा पनि काम गर्छन् भन्ने सन्देश दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
पहिलो रक्तदाता एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुरलाई ब्लडब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले अभिकर्ताले विमा गराएर जसरी विमितको सेवा गरिरहेका छन् त्यसैगरि दुःख मा परेकालाई रगत दिएर पनि समाजमा उदाहरणीय काम गरेको बताए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एल आई सी पोखरा साखाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एल आई सी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुर, एल आई सी नेपाल पोखरा साखाका प्रमुख गिरीराज घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी,रुकबहादुर गुरुङ,लायन्स क्लव गण्डकी स्टेटका अध्यक्ष अमृत बराल, रत्तसंचार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछाने लगायतले स्वस्थ मानिसले प्रत्येक ३÷३ महिनामा रत्तदान गर्दा राम्रो हुने बताएका थिए ।
उपेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एलआईसी पोखरा शाखाकी सचिव देवी तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गितादेवि चापागाईले र धन्यवाद ज्ञापनसंयोजक नवराज दुराले गरेकी थिइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here