समाचार

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज को तयारी तिब्र

 पोखरा भदौ २२ पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२०र२१ को तयारी तिब्र गतिमा भइरहेको छ । पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२०र२१ डिसेम्बर ४ अगाडी नै सक्ने गरि आफ्ना काम हरु लाइ अगाडी बढाएको हो ।पोखरा बिस्वबिद्यालय मा आवद्ध सम्पूर्ण विद्यार्थी हरुलाई हल्ट प्राइज को बारेमा जानकारी गराउन र यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारी मुलक कार्यक्रमहरुका साथ थुप्रै अभिमुखिकरण कार्यक्रम भइरहेको जानकारी हल्ट प्राइज पोखरा बिस्वबिद्यालयका क्याम्पस उपनिर्देशक् प्रशान्त भुसालले जानकारी बताए।
दिगो विकास लक्ष्यहरू को १७ वटा शीर्षक मध्येको सातवटा शीर्षकमा रहेर प्रतिस्पर्धीहरूले (“food for good”, (transforming food into vehicle for change) भन्ने शीर्षकमा आफ्नो कुराहरु प्रस्तुत गर्नेछन् ।पोखरा विस्वबिद्यालय संग सम्बन्धन प्राप्त कलेज र केन्द्रिय क्याम्पस गरेर ८ वटा अन क्याम्पस कार्येक्रम हुने भएको छ ।पोखरा बिस्वबिद्यालय केन्द्रीय क्याम्पस नेपाल भरिकै सबै भन्दा धेरै कार्येक्रम संचालक सदस्य रहेको अन क्याम्पस हो ्र।हल्ट प्राइज पोखरा बिस्वबिद्यालय को मुख्य कार्येक्रम को प्रारम्भिक दर्ता सेप्टेम्वर १ बाट खुलिसकेको छ ।
पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन््र। पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका बिद्यार्थी हरुलाई समाबेश गर्ने उदेस्येले कलेज प्रतिनिधि हरु राखेर थुप्रै कार्येक्रम हरु पनि संचालन भैरहेको छ ।
विश्वभरका १२२ वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरु का विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गर्ने छन् ।अमेरिकी १ मिलियन डलरको नयिदब िकतबचतगउ पुरस्कार रहेको हल्ट प्राइज २०२०र२१ ले यसबर्षको चुनौती प्रस्तुत गरिसकेको छ्र।आशिष लामिछानेको नेतृत्वदायी भूमिकामा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने हल्ट प्राइज पोखरा विश्वविद्यालय को तयारी द्रुतगतिमा भइरहेको र कार्यक्रम अघिल्लो वर्ष हरुमा भन्दा अझ राम्रो हुने कुरा हल्ट प्राइज २०२०र२१ पोखरा विस्वबिद्यालय मिडिया रिपोर्टर निशा भारतीले बताइन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here